No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वीरगंजबाट साढे २२ किलो सुन बरामद

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

वीरगंज । वीरगंजको रेशम कोठीबाट साढे २२ किलो सुन र २ किलोभन्दा बढी चाँदी बरामद भएको छ । विशेष सुराकीको आधारमा प्रहरीले शनिबार वीरगंज महानगरपालिका–५ रेशमकोठीस्थित श्री गणेश अर्पाटमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट २३ किलो दुई सय ७५ ग्राम सुन र दुई केजी २ सय ६२ ग्राम चाँदीका गर गहना बरामद गरेको प्रहरीले जनाएको छ ।

अपार्टमेन्टका सुरक्षागार्डका अनुसार उक्त नम्बरको फ्ल्याट भारतीय नागरिक अशोक सिन्हाको हो । सुन बरामद भएपनि कोही पक्राउ परेका छैनन् । प्रहरीले २ घण्टा बढी समय लगाएर अपरेसन गरेको थियो ।

प्रकाशित: १ कार्तिक २०७७, शनिबार ११:०४
Comments
Loading...