No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

न्युजिल्यान्डमा लेबर पार्टीको ऐतिहासिक जित

  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौ । न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले नेतृत्व गरेको लेबर पार्टीले आमनिर्वाचनमा ’ऐतिहासिक’ जित हात हासिल गरेको छ ।
अधिकांश मतहरू गणनाको परिणाम सार्वजनिक हुँदा उनको दल लेबर पार्टीले ४९ प्रतिशत मत प्राप्त गरेको छ ।

विपक्षी मध्य दक्षिणपन्थी न्याशनल पार्टीले २७ प्रतिशत मत पाएको छ । सो दलले चुनावमा पराजय भएको स्विकार गरिसकेको छ ।

यो चुनाव सेप्टेम्बर महिनामै हुने तय गरिएको थियो । देशमा दोहो¥याएर कोरोनाभाइरस महामारी फैलिएकाले एक महिनाका लागि यो चुनाव सारिएको थियो ।

निर्वाचन आयोगले जनाए अनुसार लेबर पार्टीले ४९ प्रतिशत, न्याशनल पार्टीले २७ प्रतिशत, एक्ट न्यूजील्यान्ड र ग्रीन पार्टीजले ८ प्रतिशत मत पाएका छन ।

न्युजिल्यान्डमा कोरोनाभाइरस नियन्त्रण गर्न खेलेको भूमिकाका कारण प्रधानमन्त्रीको प्रशंसा गरिएको छ ।

“न्युजिल्यान्डले करिब ५० वर्षयता लेबर पार्टीप्रति सबैभन्दा ठूलो समर्थन जनाएको छ” जितपछि समर्थकहरू माझ प्रधानमन्त्री आर्डर्नले प्रतिक्रिया जनाउँदै भनिन ।

“ सदैव यस्तै हुने गरी हामीले आगामी दिनमा अगाडि बढने छौं । हामीले हरेक बासिन्दाका लागि शासन गर्ने छौं ”
उनले बताइन ।

न्याशनल पार्टीकी नेतृ जुडिथ कोलिन्सले आर्डर्नलाई बधाई दिँदै आफू र आफ्नो दलले जीवन्त प्रतिपक्षीको भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेकी छिन ।

आर्डर्नको लेबर पार्टीले ६४ सिट ल्याउने अनुमान गरिएको छ । यो संसद्मा बहुमतका लागि पर्याप्त हुनेछ ।

सन् १९९६ मा न्युजिल्यान्डमा मिश्रित समानुपातिक प्रणाली लागु गरिएयता कुनै पनि दलले यसरी यति ठूलो मत ल्याउन सकेको थिएन ।

प्रकाशित: १ कार्तिक २०७७, शनिबार १५:३८
Comments
Loading...