No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्री र मन्त्रीहरुले दशैं खर्चबापतको रकम कोरोना कोषमा जम्मा गर्ने

  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दशैं भत्ता कोरोना कोषमा जम्मा गर्न आग्रह गरे । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले नेपालभरका श्रम सम्बन्धी मुद्दा हेर्ने, अधिकार क्षेत्र तोक्ने र काठमाडौं मुकाम रहने गरी श्रम अदालत गठन निर्णय भएको जानकारी दिए ।

अदालतको अध्यक्षमा रामप्रसाद ओली र सदस्यमा प्रेमकुमार राई र नीशा बानियालाई नियुक्त गरिएको छ । त्यस्तै नेपाली सेनाका प्राविधिक महासेनानी गजेन्द्रनाथ कर्माचार्यको पदावधि थप गर्ने निर्णय बैठकले गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले पछिल्लो समय सार्वजनिक सवारीसाधन सञ्चालनमा सहजता भएको भन्दै लकडाउन हुनुअघिकै भाडादर कायम गर्ने निर्णय गरेको छ । प्रवक्ता गुरुङका अनुसार आन्तरिक हवाई उडानमा पनि सोही व्यवस्था लागू गरिएको छ ।

प्रकाशित: ३ कार्तिक २०७७, सोमबार १४:२७
Comments
Loading...