No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जनता, जनप्रतिनिधि र दशैं खर्च !

  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

शारदाप्रसाद त्रिताल ।

हाम्रो देशका पार्टीका नेताहरु, सांसदहरु र मन्त्रिपरिषदका सदस्यहरुको सोचको मूल्याङ्कन गर्न पनि अफ्ठेरो, नगरी पनि रहन नसक्ने अवस्था भयो ।

कुरा गरेको सुन्दा लाग्छ, उहाँहरु भन्दा विद्वान र जानकार कोही छैन, हुँदैन । व्यवहार हेर्दा लाग्छ, राजनीति गर्नेहरु ढोंगी बाहेक केही होइनन् । बाहिर आलोचना नभएको भए दशैं खर्च पचाउने नै मनसाय रहेको देखियो ।

हल्ला भएपछि भने वक्तव्य निकाल्दै दशैं खर्च फिर्ता गर्ने घोषणा गर्नेहरुको लर्को देखिन्छ । पार्टीहरुले पनि आफ्ना सांसदहरुलाई दशैं खर्च फिर्ता गर्न निर्देशन दिएका समाचारहरु आउन थालेका छन् । यी सबै घटनाहरु हेर्दा लाग्छ, राजनीतिक व्यक्तिहरुलाई देशमा कोरोनाको संकट पनि रहेछ भन्ने कुरा बल्ल थाहा हुँदैछ । हे भगवान ! जनताका प्रतिनिधिहरुमा जनतालाई कहिलेसम्म वेकुप बनाउन सकिन्छ भन्ने लाग्दो हो !

प्रकाशित: ३ कार्तिक २०७७, सोमबार १४:४३
Comments
Loading...