No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बीएण्डसीका ४० जना स्वास्थ्यकर्मीले कोरोना जिते, हस्पिटलद्धारा सुरक्षित रुपमा सेवा प्रवाह

  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

झापाको बिर्तामोड स्थित बीएण्डसी हस्पिटलका १० जना चिकित्सक सहित ४० जना स्वास्थ्यकर्मीले कोरोना जितेका छन् ।

झापासहित देशभर कोरोनाको संक्रमण बढी रहेका बेला अग्रस्थानमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि संक्रमित भइरहेका छन् । १४ दिन अघि कोरोना पोजेटिभ देखिएका चिकित्सक तथा स्वास्थ्यकर्मीले आज कोरोना जितेको बीएण्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

कोरोना देखिएपछि सबैलाई अस्पतालले छुट्टै होम आइसोलेसन तथा अस्पतालकै आइसोलेसनमा राखेर उनीहरुको उपचार गरेको थियो । कोरोना जितेका चिकित्सक तथा स्वास्थ्यकर्मीले उच्चमनोबल बनाउन र संक्रमण हुदैंमा मरिन्छ भन्ने नसोच्न आग्रह गरेका छन् । स्वास्थ्य सावधानी अप्नाएर सुरक्षित भएमा सहज रुपमा कोरोना जित्न सकिने उनीहरुको भनाई छ ।

यसैबीच बीएण्डसी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालले दशैंको अवधिमा पनि आफ्ना सेवाहरु सूचारु राख्ने भएको छ । बिगतका बर्षहरुमा समेत सबै सेवा सञ्चालन गर्दै आएको बीएण्डसी हस्पिटलले यो वर्ष पनि सबै सेवालाई सूचारु राख्ने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए ।

पूर्वकै सुविधा सम्पन्न अस्पताल रहेको र सबै विरामीहरुको उपचार गर्दै आएको बीएण्डसी हस्पिटलले कोरोनाको कहरको यो अवस्थामा पनि आफ्ना सेवाहरु बन्द नगरि सुचारु राखेको बताइएको छ । अस्पतालमा प्रदेश–१ का सबै जिल्ला तथा पश्चिम नेपाल र भारतका विभिन्नबाट समेत उपचारका लागि बिरामीहरु आउने गरेको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए । बीएण्डसी हस्पिटल सुरक्षित रहेको र सबै सेवाहरु सुचारु रहेकाले गलत भ्रममा नपर्न आग्रह गरिएको छ ।

बीएण्डसी हस्पिटलमा कोरोना छ भन्दै गलत हल्ला फैल्याएको प्रति अस्पतालले उक्त हल्लाको पछि नलाग्न र बीएण्डसी हस्पिटल सुरक्षित रहेको र सबै सेवाहरु निरन्तर रुपमा सञ्चालन भइरहेको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए ।

प्रकाशित: ११ कार्तिक २०७७, मंगलवार १०:३०
Comments
Loading...