No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बिएण्डसी अस्पतालमा क्याथल्याव सेवा सञ्चालन

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

झापा । झापाको बिर्तामोडस्थित विएण्डसी अस्पतालले मुटुका रोगीका लागि क्याथल्याव सेवा सुरु गरेको छ । अस्पतालले शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी अस्पतालमा क्याथल्याव सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

मुटु रोगीहरुलाई सहज र गुणस्तरीय सेवा दिने उद्देश्यले क्याथ ल्याव सेवा सञ्चालनमा ल्याएको पत्रकार सम्मेलनमा अस्पतालका कार्डियोलोजिष्ट डा उमेश यादवले जानकारी दिए । अस्पतालले आगामी २ बर्ष भित्र मुटु समेत प्रत्यारोपण गर्ने गरीको तयारी थालेको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अब मुटुका विरामीले उपचारका लागि भारतको दिल्ली, भेलोर र काठमाडौं जानु नपर्ने बताए ।

अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उमेश यादव सहितको टोलीले सेवा प्रदान गर्ने र आजबाट सेवा समेत सुरु भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

कार्यक्रममा भारतको चेन्नईबाट आएका मुटुरोग विशेषज्ञ डा. अवनकुमार, अस्पतालका मेडिकल डाइरेक्टर निराजन पराजुली, अस्पतालकी अध्यक्ष इन्दिरा गिरी लगायतले अस्पतालले प्रदान गर्ने सेवाको विषयमा जानकारी गराएका थिए ।

प्रकाशित: २२ कार्तिक २०७७, शनिबार ११:३१
Comments
Loading...