No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अष्ट्रेलियामा भव्यताका साथ पृथ्वीजयन्ती मनाइने

  • 159
  •  
  •  
  •  
  •  
    159
    Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको छातामुनी रहेको प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाले आगामी पुष २७ गते भव्यताका साथ पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ ।

प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका अध्यक्ष अजय राजबंशीको अध्यक्षतामा बसेको नियमित बैठकले उक्त निर्णय गरेको हो । पृथ्वीजयन्ती मूल आयोजक समितिको संयोजकमा प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका सल्लाहकार दीपक बिष्ट रहेका छन् भने प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका ’साउथ अस्ट्रेलिया’ राज्य संयोजक कल्याण पन्तको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिने भएको छ ।

प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका सल्लाहकारद्वय दीपक बिष्ट र दीपक गौतमको उपस्थिति, संगठनका अध्यक्ष अजय राजवंशीको अध्यक्षता र बरिष्ठ उपाध्यक्ष ऋषिकेश न्यौपाने, महासचिव मिलन आचार्य कोषाध्यक्ष कल्याण पन्त लगायतको सहभागितामा बसेको उक्त अनलाइन बैठकले पृथ्वीजयन्तीको बिशेष तयारीको लागि आगामी बैठकमा छलफल गरिने र प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको नियमित बैठक प्रत्येक महिनाको पहिलो शुक्रबार सिड्नीको समय अनुसार साँझ ८ः०० बस्ने निर्णय गरेको छ ।

बैकमा सम्पूर्ण स्टेटहरुमा प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको संगठन बिस्तार गर्ने, नयाँ सदस्यता बितरण गर्ने, संगठनलाई चुस्त दुरुस्त बनाउने लगायतका बिषयमा छलफल गरिएको र अष्ट्रेलियाका सम्पूर्ण स्टेटहरुमा हालसम्म भएका कार्यविवरणको समीक्षा गरिएको संगठनका बरिष्ठ उपाध्यक्ष ऋषिकेश न्यौपानेले जानकारी दिएका छन्।

प्रकाशित: ३० कार्तिक २०७७, आईतवार १३:५८
Comments
Loading...