No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सार्वजनिक बस सञ्चालन गर्ने प्रदेश दुई सरकारको तयारी

  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

जनकपुरधाम । प्रदेश दुई सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि पाँच वटा बस पनि खरीद गरिसकेको छ ।

भौतिक विकास पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले प्रदेशवासीलाई यातायातमा सहुलियत दिन प्रदेशस्तरीय बस सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए । ती बस अहिले धनुषाको मिथिला नगरपालिका, ढल्केबरस्थित सिप्रदी कार्यालयमा राखिएको छ । ती बस केही दिनभित्रै सञ्चालन ल्याइने मन्त्री सोनलले बताए ।

प्रतिबस ६७ लाख ९५ हजार रुपैयाँमा खरीद गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । निजी बसभन्दा सस्तो भाडादरमा जनताको सहजताका लागि जनकपुर–वीरगञ्ज दुई, जनकपुर–राजविराज दुई तथा राजविराज–वीरगञ्जसम्म एक बस सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ ।

प्रकाशित: २ मंसिर २०७७, मंगलवार ०९:१०
Comments
Loading...