No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सिर्जना वाग्ले अनि जीवन केसीको आवाजमा शाही शक्ति नेपाल भन्ने बोलको गीत

  • 780
  •  
  •  
  •  
  •  
    780
    Shares

एक गायक तथा निर्देशकका रूपमा जीवन पहिचान बनाएका  जीवन केसी चर्चित गायक मात्र होइन्न, बरू हुन त एक राष्ट्रवादी युवा अभियन्ता पनि । गीत संगीतका मार्फत राजसंस्था पुर्नस्थापना अनि हिन्दुराज्य माग गर्ने युवा प्रतिभा र अभियन्ता नै बनिसकेका छन जीवन केसी । तत्कालिन जनयुद्दको उदगम क्षेत्र रुकुमको जन्म भए पनि राजधानीबाट उनको गीत संगीत यात्रा सुरू भयो । करीब ६/७ बर्षको गीत संगीत यात्रामा जीवनले राजा र राजसंस्थाको पक्षमा गीत गाएर चर्चा र स्यावासी निकै पाएका छन ।

उनले ३ सय भन्दा बाढी गीतहरु निर्देशन गरिसकेका छन । सथै ४ दर्जन बाढी गीतमा आवाज दिइसकेका जीवन केसीको फरक धार छ । धेरै जसो राजा, राजसंस्था अनि हिन्दुराज्यको माग गर्दै गाएका उनका गीत बढी चर्चित छन । हाल उनको राजतन्त्र भन्ने र्याप गीत धेरै जनाले मन पराएको पाइएको छ । अहिले पछिल्लो समय शाही शक्ति नेपाल भन्ने बोलको गीत पनि रेकर्ड भएको र केही दिनमा बजारमा आउने  तयारीमा छ। अभियन्ता सिर्जना वाग्ले अनि जीवन केसीको आवाजमा रहेको उक्त गीतमा राजसथा पुर्नस्थापना अनि हिन्दुराज्यको माग गरिएको छ ।

प्रकाशित: २ मंसिर २०७७, मंगलवार ०९:४२
Comments
Loading...