No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बंगलादेशसँग नेपालको बराबरी

  • 8
  •  
  •  
  •  
  •  
    8
    Shares

नेपालले बंगलादेशविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार साँझ नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो । योसँगै दुई खेलको ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ बंगलादेशले जितेको छ । पहिलो मैत्रीपूर्ण खेलमा गएको शुक्रबार बंगलादेशले नेपाललाई २–० ले हराएको थियो ।

दोस्रो खेलमा सुधारोन्मुख प्रदर्शन गर्नेक्रममा नेपालले केही आक्रामक प्रयास गरेपनि गोल गर्न सकेन । इन्जुरी समयमा नवयुग श्रेष्ठको हेड प्रहार पोस्टमा लागेर फर्किएको थियो । यसै खेलमार्फत् नेपालका छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले ‘डेब्यु’ गरेका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।

प्रकाशित: २ मंसिर २०७७, मंगलवार १३:४१
Comments
Loading...