No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मेक्सिकोमा ग्यास ट्यांकर बिस्फोट हुँदा १४ जनाको मृत्यु

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

मेक्सिकोको पश्चिमी क्षेत्रस्थित टेपिक–गुआडालाजारा राजमार्गमा ट्यांकर बिस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । नायारित राज्य प्रहरीले बिहानै भएको दुर्घटनाका कारण १४ जनाको ज्यान गएको जनाएको छ ।

प्रहरीका अनुसार एलपिजी ग्यास बोकेको ट्यांकर अर्को सवारी साधनसँग जुधेर सोमबार दुर्घटना भएको थियो । बिस्फोटबाट करिब २ हेक्टर जमिनमा क्षति पुगेको र अरु तीन वटा सवारी साधनमा समेत क्षति पुगेको थियो ।

प्रकाशित: २ मंसिर २०७७, मंगलवार १६:०९
Comments
Loading...