No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

१५ बर्षअघि दिल्ली उत्सवका रुपमा प्रकट भएको त्यो कालो दिन

  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

भरत दाहाल ।
२०६२ साल मंसीर ७ गते । एमाले, कांग्रेस, माओवादी लगायतको खोलमा सिंगारेर प्रयोग गरिएकाहरुको दिल्लीमा जमघट । राजाको निर..कुसताको विरोधको बहानामा नेपाल विरुद्ध कसरी अघि बढ्ने भन्ने मुद्दामा गरमागरम बहस । दलालहरुमा खुसीको उत्सव । गोरुहरुलाई ईण्डियन हलोमा नार्न तयारी अवस्थामा बसेका ईण्डियनहरुको चहलपहल । ईण्डियनहरुले लेखेर दिएको बटमलाईनको १२ बुँदे कागजमा हस्ताक्षर ।

त्यो कालो जमघट गराईएको आज १५ बर्ष पूरा भयो । यिनीहरुले नेपाल र नेपाली जनताका विरुद्धमा विदेशी डिजाईनमा काम गर्न कुनै कसर बाँकी राखेनन्। तर समयको गति अर्कै दिशामा सोझियो। परिस्थिति उल्टियो। नेपालीहरुले यिनीहरुले देश विरोधी चाललाई राम्रोसँग बुझे। नेपाल र नेपालीहरुको घाँटीमा कस्न दिल्लीको कारखानामा उत्पादन गरिएको गलपाशो यिनै अपराधिहरुको घाँटीमा बेह्रिन थाल्यो। अब यिनैहरुका बिचमा भागदौड सुरु भयो।

नेपालमाराले आज मृत्युको छटपटाहटमा शरीर तन्काउँदै छन्। यिनीहरु सदाका लागि अस्ताउने परिवेश तयार भएको छ । यिनीहरुको छातीमा एक बञ्चरो प्रहारको आवश्यकता छ । यीनीहरु र यीनको मालिकको सामथ्र्यले भ्याएको भए नेपाल १ दशक अगाडि नै समाप्त भैसकेको हुन्थ्यो। यीनीहरुको त्यो अपराधिक ध्येयलाई कुनै नेपालीले कहिल्यै पनि भुल्नु हुँदैन । मर्ने बेला यीनीहरु ज्यान जोगाउनका लागि रुन थालेका छन् । यिनीहरुको अन्तिम विसर्जनका लागि दृढ संकल्पका साथ सम्पूर्ण शक्ति लगाएर मैदानमा उत्रिनु अबको जरुरी आवश्यकता हो ।

प्रकाशित: ६ मंसिर २०७७, शनिबार ०५:०४
Comments
Loading...