No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मंसिर २० गते शनिवार ११ बजे माइतिघर मण्डलामा उपस्थिति भै इतिहासले दिएको जिम्मेवारी निर्वाह गर्न हार्दिक अनुरोध गर्दछौँ।

  • 285
  •  
  •  
  •  
  •  
    285
    Shares
हेम विक्रम सिलवाल ।
परिवर्तनशिल समाजका अगुवा हामी नेपाली नागरिकहरूले जंङ्गानिया राणा शासन बिरुद्ध प्रजातन्त्रको आन्दोलन गरि २००७ सालको परिवर्तन गर्यौं र १२ बर्ष अभ्यास गर्यौं तर नागरिक स्वतन्त्रता र जीबन रक्षाका लागि कुनै कार्य गर्न नसकेकाले फेरी २०१९ सालको परिवर्तन भयो र २०४६ साल सम्म निरन्तर चल्यो र मुलुकले गति लियो भने नागरिक स्वतन्त्रता र जीबन रक्षाको लागि निरन्तर कार्य गरी अस्पताल, स्कुल कलेज, बाटो धाटो र रोजगारीका लागि उधोगहरु स्थापना गरि मुलुकलाई बन्धक हुन बाट जोगाउने र मुलुकको बिकाशका लागि दिनरात काम गर्यो र मुलुक र मुलुकबासिलाई राज्य प्रति उत्तरदायी र इमान्दारी बनाउँन निरन्तर कार्य गर्यो यसलाई नै निरंकुशताको नाम दिई फेरी आन्दोलन गरी २०४७को संबिधान आयो भने उक्त संबिधान आएको ४ बर्षमा नै यो २०४७ को संबिधानले नै माओवादी जन्मायो र मुलुकलाई १२ बर्ष सम्म बन्दक बनाई मुलुकको अर्थतन्त्र , भौतिक पूर्वाधार र नागरिक स्वतन्त्रता र जीबन रक्षाका धज्जि उडायो भने मुलुकलाई ५० बर्ष पछाडि धकेल्यो। अहिले बजारमा २०४७को संबिधान भनि फेरी बादबिबाद, बहस गरि मुलुकलाई फेरी बन्दक बनाउँने र अर्को माओवादी जन्माउने खेल त कतै भैरहेको छैन्?? प्रमुख बिषय र मुद्दा यो हो ???
२०७२ सालको संविधान त पुर्ण रुपमा असफल भै सकेको छ र यो खारेज नगरी मुलुकले निकास पाउँदैन भन्नेमा कसैको दुईमत छैन। मुलुकको संबिधान भनेको सम्पूर्ण मुलुकबासिले मेरो हो भनि अपनत्व ग्रहण गरे मात्रै सफल र सबल बन्दछ अन्यथा मुलुक सधैं चपेटामा परि नै रहन्छ।
त्यसैले मेरो गोरूको बार्है टक्का भनि मुलुकलाई बन्धक बनाउँने भन्दा पनि नेपालमा हाल सम्म बनेका ७ वटा संबिधानबाट राम्रा राम्रा कुराहरु मात्रै लिई नराम्रा कुराहरू फालि मुलुक सुहाउँदो, देश र माटोको पहिचानलाई कायम राख्ने, नेपाली मौलिक मान्यतालाई जीबन्त बनाउँने, सम्पूर्ण नेपाली नागरिकहरू एकबद्ध बनाउँदै मुलुक प्रति सबैको अपनत्व कायाम गर्ने सबैको साझा र मुलुकको मुल कानुन आजको आवश्यकता हो।
त्यसैले राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७ ले तय गरेको दस्तावेजमा केन्द्रित रहि अग्रगामी रूपान्तरणको लागि एकजुट हुनुको अर्को बिकल्प छैन।
यहि मंसिर २० गते शनिवार ११ बजे माइतिघर मण्डलामा उपस्थिति भै इतिहासले दिएको जिम्मेवारी निर्वाह गर्न हार्दिक अनुरोध गर्दछौँ।
Image may contain: 2 people, hat and closeup
प्रकाशित: ६ मंसिर २०७७, शनिबार ०९:३०
Comments
Loading...