No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

थप १६७४ जनामा कोरोना संक्रमण, २३२३ जना संक्रमणमुक्त

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप १६७४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१८६३९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप २३२३ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या १९३३२५ पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३०५ पुगेको छ । क्वारेन्टाइनमा ७५७ जना रहेका छन् भने आइसोलेसनमा २४००९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित: ६ मंसिर २०७७, शनिबार १०:३२
Comments
Loading...