No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजसंस्था र हिन्दू राज्यकाे माग गर्दै मातृभूमि संरक्षण नेपालले काठमाडौं हनुमानढोका दरवार परिसरमा सम्पन्न गर्याे जुलुस तथा कोणसभा

  • 239
  •  
  •  
  •  
  •  
    239
    Shares
राष्ट्रवादी अभियन्ता तथा मातृभूमि संरक्षण नेपालका अध्यक्ष राजन महर्जनले अाज राजधानीकाे वसन्तपुरमा विशाल जनप्रदर्शन सम्पन्न गर्नु भएकाे छ । हनुमानढाेकामा अायाेजित समाराेहमा उल्लेख्य जनसहभागिता रहेकाे थियाे । राजा,राजसंस्था तथा हिन्दू राज्य पुनःस्थापनाकाे माग सहित अायाेजित समाराेहमा वक्ताहरूले वर्तमान व्यवस्था र शासकहरूकाे कमजाेरीकाे विकल्पमा राजसंस्था र हिन्दू राज्यकाे पुनःस्थापना नै सबै समस्याकाे समाधान भएकाेमा जाेड दिनु भएकाे थियाे ।
मातृभूमि संरक्षण नेपालकाे अगुवाईमा काठमाडौंको मुटु हनुमानढोका दरवार परिसरमा सम्पन्न जुलुस तथा कोणसभा सहितको कार्यक्रममा प्रहरी प्रशासनको साथ रहेकाे थियाे भने स्थानीयले पनि साथ दिएका थिए । कार्यक्रममा जय राष्ट्रवाद !! जय मातृभूमि !! जय कुमारी देवी !! जय कालभैरव!! जय राजसंस्था !!! अादि नारा पनि लगाइएका थिए ।
+28
प्रकाशित: ६ मंसिर २०७७, शनिबार १४:१२
Comments
Loading...