No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यसरी खेल्दैछन् विदेशीले नेपालमा

  •  
  •  
  •  
  •  
  •  

भरत दाहाल ।
नेपाल विराधी षड्यन्त्रमा लागेका विदेशी र स्वदेशी आपराधिक तत्वहरु संकटमा बेरिएर जति छट्पटाउँदै गएका छन्, तिनीहरुले आफ्नो अन्तिम बचाउका लागि त्यत्तिकै शक्ति लगाएर अपराधीहरु प्रयोग गर्ने रणनीति बनाउँदै गएका छन् । तिहार र छठ पर्वपछि नेपालमा चीनका विरुद्धमा जनमत बनाउन प्रचार युद्ध सुरु गर्ने र ईण्डो पश्चिमाहरुले नेपालमा गर्दै आएको षड्यन्त्रका विरोधमा लड्ने व्यक्तिहरुलाई निशाना बनाउने गरी तयारी भएको योजनाका बारेमा विश्वस्त सूत्रबाट पाएको जानकारी अनुसार मैले १ महिना अगाडी नै एभरेष्ट नेपाल नामको यूट्युब च्यानसँगको अन्तर्वार्तामा यसको जानकारी गराएको थिएँ। त्यो सुचना अक्षरसः सत्य साबित हुन थालेको छ।

ईण्डो पश्चिमा दूताबासहरु, सेनाभित्रका केही अपराधिक तत्वहरु र दलका केही विदेशी एजेन्टहरुको विशेष योजनामा यस्ता दुष्प्रचारहरु गराउने कामलाई अघि बढाईएको जानकारी पुनः प्राप्त भएको छ। यसमा पूर्व माओवादीको पृष्ठभूमी भएका र ईण्डियाले तराई विभाजनका लागि गठन गरेको गोईत समूहमा आबद्ध भएका र बम विष्फोट तथा ठगिजन्य अपराधहरूमा पटकपटक प्रहरी हिरासतमा बसेका पेशेवजर अपराधीहरु परिचालन गरिएका छन्। यीनै अपराधिहरु मार्फत् डा. सुरेन्द्र केसी, प्रखर राष्ट्रवादी नेता डिल्लीराम खनाल र एउटा टेलिभिजनमा अन्तर्वार्ता रोकिएका डा. कर्णबहादुर थापामाथि हिलो छ्याप्ने कोशिस भैसकेको छ। अब यीनीहरुलाई मेरा विरुद्ध परिचालन गर्न खोजिंदैछ।
यतिबेला पुनः देशको इतिहासलाई फर्केर हेर्न जरुरी देखिएको छ।

विदेशी साम्राज्यवादी र तिनले पालेका अपराधीहरुको हातबाट मदन भण्डारी, जीवराज आश्रित, राजा वीरेन्द्रको परिवार, जमीम साह, फैजान अहमद, १७ हजार नेपाली नागरिकहरुको क्रुरतापूर्वक हत्या भएको र यस्ता संगिन घटनाहरु कुनैको पनि छानबिन नभएको यथार्थतालाई स्मरण गर्न जरुरी छ। अपराधीहरुले सकेसम्म कल्पित कथामा आधारित बनिबनाउ प्रचार गरेर देशभक्तहरुलाई उठ्न नदिने, यसो गर्न नसके घेराबन्दी गरेर तोडफोड गर्ने र यतिले पनि नसके हत्या गर्ने गर्दै आएका छन्। गणेशमान, कृष्णप्रसाद भट्टराई, मोहनचन्द्र अधिकारी, मोहन बैद्यहरुको हालतले पनि यो चक्रब्युहलाई बुझ्न मद्दत गर्दछ।

यतिबेला विश्वभरी नै यो अपराधी तत्व संकटग्रस्त बनेको छ। नेपालमा पनि यही हो। यीनीहरुभित्रै सुरु भएको आपसी लडाईं, यीनीहरुका बिरुद्धमा उर्लिएको जनमत, विनाशको अपरिहार्यतालाई रोक्न र आफूलाई विस्थापित गरेर असल तत्वले सो ठाउँ नलेओस् भन्ने छटपटाहटमा अन्तिम अवस्थामा यीनीहरुले सबै खालका अपराधिक हत्कण्डाहरु प्रयोग गर्दै आएका छन्। यीनीहरुको अपराधी सत्ता र यीनीहरुलाई पाल्ने विदेशी शक्ति कतिखेर कहाँ पुग्छ भन्ने ठेगान छैन। त्यसैले देशको राजा मार्ने यो अपराधी तत्वले कतिबेला कसका विरुद्धमा के गर्छ भन्ने पनि ठेगान हुँदैन। यो अपराधी तत्वको कुनियतलाई उजागर गर्न कानूनी कार्वाही र यसलाई ठेगान लगाउन संगठित शक्तिको प्रयोग अपरिहार्य बनिसकेको छ।

प्रकाशित: ६ मंसिर २०७७, शनिबार १७:४८
Comments
Loading...