No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

शाही शक्ति नेपालको प्रमुख तीन एजेन्डा – राजसंस्था, हिन्दुराज्य र प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री

  • 7
  •  
  •  
  •  
  •  
    7
    Shares
मुनिन्द्र राजभण्डारी । शाही शक्ति नेपालको अहिले प्रमुख तीन एजेन्डाहरु भनेको गणतन्त्र, संघीयता र धर्म निरपेक्षको खारेज गरि राज संस्था, हिन्दुराज्य र प्रत्येक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री निर्वाचन गर्नु हो। सबै आफ्नो एजेन्डाहरुमा स्पष्ट हुनु पर्यो। नेपाली जनतालाई भ्रममा पारेर घुमाएको घुमाइ गर्न भएन।
कहिले के भन्ने कहिले के भन्ने राजाबादीको माहोल बन्दै आए राज संस्था भन्ने अलि माहोल कम भए फेरि कुरा फेर्ने यो हुन सक्तैन। नेपाली युवाहरूको मिहिनेत र दुख र पसिनामा चाखे थापेर युवाहरूको बुइ चढेर नेतृत्व गरे जस्तो गरि सत्ताको शिखरमा पुगुला र नागरिक सरकारको प्रधानमन्त्री मन्त्री बनुला भनेर सपना नदेख्नु होला। हामीलाई मन्त्री प्रधानमन्त्री केही हुनु परेको छैन।
देश भित्र र बाहिरका सक्षम प्रतीभावान युवाहरूले देश हाकोस र नेपाली युवाहरूलाई आफ्नै देश भित्र गरि खाने बाताबरण सिर्जना होस। कसैबाट चलखेल खेलबाड र षड्यन्त्र गरि अहिलेको युवाहरूको आन्दोलन लाई तुहाएर नेपाली युवाहरूको दुख मिहिनेत र पसिना खेर जाने स्थित आएमा नेपाली युवाहरूबाट प्रतिकार हुन्छ। यो सबैले मनन गर्नुस र सबै मिलेर सबै सङ समन्वय गरेर एकजुट भएर अगाडि बढौ।
गएर राजा भेटेर आए भन्दै मन्त्री र प्रधानमन्त्री बनी हालुला भनेर युवाहरूको आन्दोलन हाइज्याक गरेर आन्दोलनको स्वरूप नै अन्यत्र मोड्ने कोशिश नहोस्। कसैलाई मन्त्री प्रधानमन्त्री बन्ने सपना देख्नु हुन्छ भने सबै सङ समन्वय गरेर एकजुट भएर गणतन्त्र संघीयता र धर्म निरपेक्ष खारेज गरि राज संस्था र हिन्दुराज्य पुनःस्थापन गर्न आफ्नो भुमिका निभाउन सडकमा युवाहरूलाई साथ दिनुहोस।

२.सबैले शाही शक्ति नेपालको प्रमुख एजेन्डाहरु राम्रो सङ बुझ्नु होला। गणतन्त्र, संघीयता र धर्म निरपेक्ष खारेज र राज संस्था, हिन्दुराज्य र प्रत्येक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री। प्रत्येक्ष निर्बाचित प्रधानमन्त्रीको निर्वाचन हुनु अघि प्रजातान्त्रिक निर्वाचन खरिद गर्न सक्ने भ्रष्टहरुको आर्थिक क्षमता पुर्ण रूपमा नस्ट गरेर स्वच्छ र स्वतन्त्र निर्वाचन गराउने हो। यो बटम लाइन भन्दा दायाँ बायाँ हुदैन। हामी नेपाली जनता प्रति ईमानदार र बफादार रहेर हाम्रो एजेन्डा कार्यन्वन गर्द्छौ।

No photo description available.
प्रकाशित: ७ मंसिर २०७७, आईतवार ०५:३८
Comments
Loading...