No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्वावलम्बन लघुवित्तको एक लाख २६ हजार कित्ता लिलामी शेयर बिक्री खुला

  • 5
  •  
  •  
  •  
  •  
    5
    Shares

 

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले आजबाट संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी बिक्री खुला गरेको छ । संस्थाले महिला सहकारी संस्था लिमिटेडको नाममा रहेको १,२६,००० कित्ता संस्थापक समूहको शेयर खुल्ला गरेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य प्रति कित्ता ४९२ रूपैयाँ रहेको छ । त्यसैले, यस लिलामी शेयरमा न्यूनतम ४ सय ९२ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदन दिँदा न्युनतम एक हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने जनाएको छ ।

उक्त शेयरहरू खरिद गर्न ईच्छुक संस्थापक शेयरधनी तथा अन्य व्यक्ति, संस्थाहरूले आजबाट पुष १२ गतेसम्म अपरान्ह ३ बजेसम्म बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौँमा आइपुग्ने गरि आवेदन पेश गर्न सक्नेछन् ।

प्रकाशित: ७ मंसिर २०७७, आईतवार ०६:४४
Comments
Loading...