No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रपति विद्यादेवी भण्डारीले पतिको हत्या गर्नेलाई पत्ता लगाउनु नपर्ने ?

आउन दिनु होस अभिभावकिय राजसस्था पुन: हाम्रो नेपालमा

  • 221
  •  
  •  
  •  
  •  
    221
    Shares

जयबहादुर ठगुन्ना ।

राष्ट्रपति विद्या देवी भण्डारी ले पतिको हत्या गर्ने लाई पत्ता लगाउनु नपर्ने ?
राजा ज्ञानेन्द्र शाह ले चै दाजुको वँश नाश गर्ने लाई पत्ता लगाउनु पर्ने ?
—————————————————– यो कस्तो सामाज हो ? २०५० साल जेष्ठ ३ गते दासढुङ्गमा हत्या गरिएका मदन भण्डारी कि घर्म पत्नी विद्या देवी भण्डारी ले आफ्ना पतिको हत्या गरिएको भन्ने चुनावी मुद्दा बनाएर सेतो साडीमा रातो रँग छर्केर काठमाण्डौ उप निर्वाचनमा नेपाली कांग्रेसका सन्त नेता कृष्ण प्रसाद भट्टराईलाई पराजित गराएको घटना हिजो जस्तै लाग्छ।
मदन भण्डारीको दासढुङ्गामा दुघर्टना नभएर घटना घटाएर हत्या गरिएको भन्ने प्रति वेदन तयार पार्ने के पी शर्मा ओली र विद्या देवी भण्डारी दुइ दुइ पटक यो देशका राष्ट्रपति र प्रधानमन्त्री भइ सक्दा पनि मदन भण्डारी र जिवराज आश्रितको दासढुङ्गा हत्याकाण्डको कुनै छाबिन खोजतलास हत्या गर्ने र गराउनेको पत्ता लगाउनु नपर्ने ?
जुन समुहले जुन शक्तिले मदन भण्डारीको हत्या गरे गराएका थिए। उसै समुहले उसै शक्तिले मदन भण्डारीको हत्या भएको ठिक ८ बर्ष पछि २०५८ साल जेष्ठ १९ गते राजा वीरेन्द्रको हत्या गरियो। राजा वीरेन्द्रको हत्या नगरे सम्म नेपाल मा पश्चिमा शक्तिहरुले खेल्न नपाउने र चीनलाई भित्तामा पुग्ने गरि पेल्न नपाउने नेपाललाई सिक्किमि करण गर्न नपाउने उदेश्य ले केहि देश भित्रकै विदेशी दलालहरुको मिलिभगतमा र केहि विदेशी शक्तिका अपराधिहरुको डिजाइनमा राजा वीरेन्द्रको वंश नाश गरियो
तर राजा वीरेन्द्र कै भाइ ज्ञानेन्द्र शाहको परिवारलाई गोली मात्रै लाग्ने गरि नाटकिय ढंग बाट राजा वीरेन्द्रको वंश नाश गरियो।
तत्कालिन कांग्रेसी सभामुख तारानाथ राना भाटहरुले राजा वीरेन्द्र पुत्र दिपेन्द्र शाह ले स्वचालित हतियार बाट भटटटटटटट फाएर गरेर दरबार हत्याकाण्ड भएको हो भन्ने प्रतिवेदन सार्वजनिक गरे पनि दरबार हत्याकाण्डाको छानबिन समिति बाट माधव कुमार नेपाल ले राजिनमा दिएर कुनै शक्तिको भक्ति देखाएर पानी माथीको ओभानो बन्ने नाटक देखाएको भए पनि अन्तत: राजा वीरेन्द्रको वंश नाश गर्नु र उनकै भाइ ज्ञानेन्द्र शाहका परिवारका सदस्यहरुलाई गोली मात्रै लाग्नुको मुख्य डिजाइनिङ बर्तमानका राजा ज्ञानेन्द्र शाहको नभएर राजा वीरेन्द्रको वंश नाश गर्ने र आफु राजा बन्नका लागी दाजुको वंश नाश गरेको हो भन्ने जनतामा भ्रम फैलाउने डिजाइन अन्तरगत नै उन कै भाइ बर्तमानका राजा ज्ञानेन्द्र शाहको थाप्लोमा दोष थुपार्ने काम भएको थियो भन्ने कुरा अब जता ततै छताछुल्ल र छरपष्ट भइसकेको छ।
जब लोतन्त्र नामको भांण व्यवस्था असफल भइसकेपछि र लोकतन्त्र नामका लुटतन्त्रका नाइके के पी शर्मा ओली पुष्पकमल दाहाल र शेर बहादुर देउवा जस्ता विदेशीका दलालहरुले दिउसै देश बेचेर स्वदेशमा बाचेर बसेका नेपाली नागरिक हरुलाई बिदेशी बन्नु पर्ने अवस्था आइसके पछि राजा ल्याउं देश बचाउं भन्ने आकाश पताल गुन्जिने गरि गगन भेदी नारा लगाउदै राष्ट्रिय झण्डा बोकेर जब जनता सडकमा लाम बद्ध हुन थाले।
तब केहि के पी शर्मा ओलीका पुष्पकमल दाहालका र शेर बहादुर देउवाका भरौटेहरु भुक्न थालेर भन्न थाले राजा वीरेन्द्रको हत्या सहित वंश नाशको पत्ता लगाउन नसक्ने ज्ञानेन्द्र लाई राजा मान्न सकिन्न। जब सम्म राजा वीरेन्द्रको वंश नाश सहितको दरबार हत्याकाण्डको पत्ता लगाउंदैन तब सम्म ज्ञानेन्द्र शाह दाजुका हत्यारा नै ठहिने छन।
त्येसैले म भन्छु कि? के पी शर्मा ओलीका पुष्पकमल दाहालका र शेर बहादुर देउवाका भरौटे झोलेहरुलाई मदन भण्डारी कि धर्म पत्नी दुइ दुइ पटक यो देशको राष्ट्रपति बन्न सफल मात्र होइन कि? के पी शर्मा ओलीको निगाहामा दोस्रो पटक दुइ तिहाइको ओली सरकारको समय अवधि सामाप्त हने बेला आइ सक्दा पनि राष्ट्रपति विद्या देवी भण्डारी ले पति मदन भण्डारीका हत्याराहरुको खोज तलास र छानबिन गरेर स्वर्गीय पति मदन भण्डारीको मृत आत्मालाई शान्ति दिलाउने हो कि ?
के पी शर्मा ओलीले गरेर राष्ट्रघाती जनघाती अपराधहरुलाई ढाकछोप गर्न मा नै राष्ट्रपति विद्या देवी भण्डारी मस्तराम हुने हो हँ?
यो पनि हेक्का रहोस भरौटे
हरुलाई कि? राजा वीरेन्द्र शाहका भाइ पुन: यो देशको अभिभावकिय जिम्मेवारी बहन गर्न नारायणहिटी राजदरबारमा बिराजमान हुनु भयो भने हिजो दिपेन्द्र ले स्वचालित हतियार हतियार बाट भटटटटटट फाएर गरेर राजदरबार हत्याकाण्ड भएको हो भन्ने तारानाथ राना भाटहरु पनि संख्याको घेरा भित्र पर्न सक्छन। दरबार हत्याकाण्डको छानबिन समिति बाट राजिनमा दिएर भक्ति भाव देखाउने माकुनेहरु पनि संखाको घेरा भित्र पर्न सक्छन।
राजदरबार भित्र राजा राजपरिवार र राजदरबारको सुरक्षाका लागी तत्कालिन शाही नेपाली सेनाका बटालियनहरु सरक्षामा तैनाथ रहेको भएको अवस्थामा राजदरबार हत्याकाण्डको जिम्मेवारी शाही नेपाली सेना होइन छैन भन्ने तत्कालिन शाही नेपाली सेनाका प्रधानसेनापति प्रज्वल्ल शम्सेर जवराहरु संखाको घेरामा तानिन सक्छन।
अझ तत्कालिन शाही नेपाली सेनाका प्रधानसेनापति प्रज्वल्ल शम्सेर जवराहरु तत्कालिन शाही नेपाली सेना र अमेरीकी सेनाको सामुहिक सहयोगमा भक्तपुरमा बन्दै गरेको अस्पताल राजा वीरेन्द्रको वंश नाश सहितको राजदरबार हत्याकाण्ड भएकै दिन देखि आज सम्म भक्तपुरको उक्त अस्पताल किन मसानघाट जस्तै छ? यस्को पनि प्रश्न उठने नै छ।
अझ प्रज्वल्ल शम्सेर जवराहरुले यस्को पनि जवाफ दिनु पर्ने छ कि? राजा वीरेन्द्रको वंश नाश सहित दरबार हत्याकाण्डका समयमा राजदरबारमा तैनाथ तत्कालिन शाही नेपाली सेनाका जवानहरुलाई कृष्णभिर मा ल्याएर तत्कालिन माओवादी बिद्रोही द्वारा आर्कमण गराएर हत्या गर्ने गराउने र कृष्णभिर मा तत्कालिन शाही नेपाली सेना माथी आर्कमणको नेतृत्व गर्ने सेना समायोजन बाट नेपाली सेना मा प्रवेश भएका यम बहादुर अधिकारी हाल नेपाली सेनाका जर्नेल पदमा वहाली छन। जब कि एउटा गाँउले ठिटो नेपाली सेनाको लेप्टनेन पदमा भर्ना भएर जर्नेल पदमा पुग्दाका लागी बर्षौ बसन्तहरु कुर्नु पर्छ।
तर यम बहादुर अधिकारी १४ बर्ष भित्र नेपाली सेनाको जर्नेल पदमा वहाली हुनका लागी उनले कुन चै बहादुरी देखा?
सायद कृष्णभिरमा तत्कालिन शाही नेपाली सेनाका जवानहरु माथी आर्कमणको नेतृत्व गरेकै कारण बहादुरी मा नाम लेखाए?
अन्त्यमा- ढुक्क हुनु होस के पी शर्मा ओलीका पुष्पकमल दाहालका शेर बहादुर देउवाका भरौटेहरु हो।
विद्या देवी भण्डारीले पति मदन भण्डारीको हत्यारा पत्ता नलाएर सितल निवासमा मासुको थुप्रो बनेर बसे पनि राजा वीरेन्द्र का भाइ ज्ञानेन्द्र शाहलाई हामीले अभिभावकिय राजसस्थाको रुपमा पुनर स्थापना गर्न सक्यौ भने सम्भव त: राजा वीरेन्द्रको वंश नाशका नेपाली डिजाइनर हरुलाई राजा वीरेन्द्र संगै आर्यघाट तिर लग्यौं।
ढुक्क हुनु होस।
आउन दिनु होस अभिभावकिय राजसस्था पुन: हाम्रो नेपालमा
-धन्यवाद-https://www.facebook.com/profile.php?id=100044098602773
प्रकाशित: ७ मंसिर २०७७, आईतवार ०६:२६
Comments
Loading...