मणीराज सत्याल ।
जाँदा जाँदै ,
शहरभरिका मन्दिरमा हिजोसम्म घण्ट बजेको सुनिन्थ्यो,
आज एम्बुलेन्स को साइरन बाहेक सडकमा अरु सुनिन्न !
संजाल भरि शुभकामना ,फुलमाला लेखिन्थ्यो ,
आजभोलि ट्यागमा श्रद्धाञ्जली बाहेक केहि देखिन्न !
भुइँ फुट्टा प्रशासकले जात्रा/रमिता मात्रै गरेको देखियो ,
ट्राफिकलाई जोरबिजोरमा अलमल्याउँदैमा समृद्धि भेटिन्न !
स्वास्थ्य प्रबक्ताले आफ्नै नाक कोट्याएको मात्रै देखियो ,
कोरोनाले कति मरे गिन्ती बाहेक अरु काम गरेको देखिन्न !
लासमा टेकेर राजनीति गर्ने र युद्धको धंङधङी अझै देखियो ,
सफलता र समृद्धि हिन्दु सम्राट नफर्की कदापि भेटिन्न ,भेटिन्न !

प्रकाशित: ९ मंसिर २०७७, मंगलवार ०२:३४