जनताको सडक दबाबलाइ बुझेर दलहरूले संसदबाटै राजासहित हिन्दूअधिराज्य फर्काउनु पर्छ
यसैक्रममा सनातन संस्कृति समाजले यही मंसिर २५ गते राजधानीको माइतीघरमण्डलामा विशाल विरोध सभा गर्दैछ । यस विरोध सभामा सहभागि हुन म सबै हिन्दूवादी, सनातन हिन्दू धर्मावलम्वीहरूमा हार्दिक अपिल गर्दछु ।
5.2K - 5.2KShares
तारानाथ लुइटेल ।
पछिल्ला दिनहरूमा राजसंस्था र हिन्दूराज्य पुनःस्थापनाको माग गर्दै सडकमा स्वतःस्फूर्त प्रदर्शनहरू बढन थालेका छन । मंसिर १० गते मात्र एतिहासिक नगरी जनकपुर र सुन्दर नगरी पाेखरामा “राजा आउँ, देश बचाउ” भनी युवा पिढीकाे जुलुसले नारा लगाउँदै र्याली गर्याे ! यसअघि बुटवल हुँदै बर्दिया, नेपालगञ्ज, अत्तरिया, वीरगञ्ज, विराटनगर र धनगढीमा यस्तै जनप्रदर्शनहरु भएका छन् ! ती सबै प्रदर्शनहरूमा अनपेक्षित विशाल जनसहभागिता रहेको पाइएको छ । नागरिकहरूको , खासगरी युवापुस्ताको सहभागिता विशाल , विराट देखिदै छ । यसप्रकारका विशाल प्रदर्शनहरू राजधानीमा पनि भैरहेका छन ।
याे नारा र माँग सरकारले अब संबाेधन गर्नुपर्छ । दलहरुले पनि असंगठित रूपमा नै सडकमा राजा र हिन्दूअधिराज्य माग्ने जनमतको कदर गर्न सक्नुपर्छ । सरकारले जनमतको कदर नगर्ने हो भने त यो जनसागर सरकार र व्यवस्थालाइ नै बढार्ने बाढी बन्ने निश्चित छ । संसदले पनि सडकमा उर्लीरहेको जनताको बाढीलाइ बुझ्न अब ढिलो गर्नु हुदैन । जनताले स्वतःस्फूर्त सडकमा देखाएको शक्ती कसैले पनि नजरअन्दाज गरेर अब यो जनताको निकास हुदैन ।
अबको निकास राजसंस्था र जनताको एकता नै हो भन्ने प्रष्ट सन्देश सडकमा पोखिएको जनसागरले गरेको छ । जनताको भावना अनुसार चल्दै राजसंस्थाले समयानुकुल कदम चाल्दै अघि बढेको छ । अब जनता जागे, जनता उठे, जनता अघि बढे,मात्र राजा फर्काउन, हिन्दू अधिराज्य फर्काउन । त्यसैले जनताको मत कदर गरिनुपर्छ ।
संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्र पुन:स्थापनाका पक्षपाती राप्रपाको पछिल्लो एकीकरणपछि राजसंस्था र हिन्दू अधिराज्य पुनःस्थापनामा नयाँ राजनितीक अवस्था पनि तयार भएको छ । राजनितिक रूपमा राप्रपाको एजेण्डालाइ साथ दिन सनातन संस्कृति समाज नेपालका तर्फबाट पनि राजासहितको हिन्दूत्व फर्काउन प्रयाश भैरहेको छ ।
जनताले सनातन हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थालाई महत्वका साथ हेरेका छन् । संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्र नभए मुलुक रहँदैन भन्ने जनतामा प्रष्ट भइसकेको अवस्थामा ती दुवै एजेण्डा बोकेर हिंडेको पार्टी राप्रपालाई अबको वैकल्पिक शक्ति बनाउने नयाँ वातावरण बनिरहेको छ । त्यसमा राप्रपालाइ नयाँ परिस्थितिमा नयाँ अवसर पनि छ ।
जनतालाइ राजनीतिक मात्र होइन सनातन संस्कृति समाज नेपालबाट पनि संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्र नेपालको एजेण्डामा जागृत बनाउन हामीले सक्रियताका साथ अभियान नै अघि बढाएका छौं । यसै सिलसिलामा देशव्यापी अभियान पनि हामीले सञ्चालन गरिरहेका छौं । संसारमा राजसंस्था भएका देशहरु कति सुखी छन् भनेर हामीले जनतालाई बुझाइरहेका छौं भने सनातन हिन्दू राष्ट्र नहुँदा विदेशी धर्मको प्रभाव कति पर्दोरहेछ भन्ने कुरामा पनि जनतालाई प्रष्ट पारेका छौं । नेपालमा संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्र पुन:स्थापना हुन्छ—हुन्छ, त्यसमा जनताको साथ र एकता दिनहुँ बढ्दै गएको छ ।
विश्वमा जस्तै नेपालमा पनि कम्युनिष्टहरुले सत्ता चलाउन सक्दैनन् भन्ने करीब ३ वर्षको असफल केपी वली सरकारको बिफल सत्ताले प्रमाणित गरिसकेको छ । राजधानीमा मात्र होइन की, जनकपुर, कैलाली, सुर्खेत, लुम्बिनी, कास्कीलगायतका स्थानहरुको कार्यक्रम सकेर काठमाडौं केन्द्रीत भव्य कार्यक्रमको तयारी सनातन संस्कृति समाज नेपालबाट गर्दैछौं । देशव्यापी कार्यक्रमका दौरान जनताको उत्साहजनक सहभागिता र हौसलाले हामीलाई संवैधानिक राजतन्त्र र सनातन हिन्दू राष्ट्र पुन:स्थापना ठूलो आशा, विश्वास र भरोषा जगाएको छ । ‘सर्वधर्म समभाव’ सहितको हिन्दू राष्ट्र हामीले चाहेको हो । त्यो हिन्दू राष्ट्रभित्र सबै धर्मावलम्वीहरु अटाउँछन् ।
हामीले यो सरकारलाई घुँडा टेकाएर संसदबाटै संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्र लेखाएरै छाड्छौं । परिवर्तन जनताको चाहना नै रहेको छ । हरेक दश वर्षमा खोला पनि फर्किन्छ । मुलुकमा अहिले भएको विसंगति, विकृति र भ्रष्टाचारबाट उन्मुक्ति पाउन पनि जनताले संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रको पुन:स्थापना चाहेका छन् । १२ बुँदे दिल्ली सम्झैताबाट लादिएको यो गणतन्त्र र संघीयताको अब कुनै अर्थ बाँकी छैन । संघीयताका नामको लुटतन्त्र अन्त्य हुनु पर्छ । विदेशीसँग भिख मागेर प्रदेशका सांसद, मन्त्री, कर्मचारी किन पाल्नुपर्यो ? प्रदेशहरु तुरुन्त खारेज हुनुपर्छ । स्वायत्त शासन प्रणालीअनुसार गाउँपालिका, नगरपालिका र केन्द्रीय सरकार भए यो मुलुक चल्छ । संघीयताको कुनै काम छैन, संघीयता राख्नु हुँदैन । सेतो हात्ती काम न काज किन पाल्ने ?
अबको निकास राजासहितको हिन्दूअधिराज्य नै हो । २०६२/०६३ को आन्दोलनपश्चात् राजा र दलकाबीचमा जुन सम्झौता भएको थियो, त्यो सम्झौतालाई दलहरुले एकतर्फीरुपमा तोड्दा मुलुकको यो दुर्गति भएको हो । दिल्लीमा भएको १२ बुँदे सम्झौताबाट दलहरु पछि हट्नै पर्छ । संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्रबेगर यो मुलुक अब चल्नेवाला छैन । राजा र दलबीच सम्झौता भएर संवैधानिक राजसंस्था र सनातन हिन्दू राष्ट्र पुन:स्थापना गर्नैपर्छ ।अहिले देशव्यापी सडकमा उर्लिरहेको जनसागरले माग गरेको पनि त्यही हो । अब जनताको शक्ती, एकता र मागलाइ कसैले पनि वेवास्ता गर्न मिल्दैन । किन भने जनता जागेपछि कहिल्यै हारेको नेपाली इतिहास छैन ।
यसैक्रममा सनातन संस्कृति समाजले यही मंसिर २५ गते राजधानीको माइतीघरमण्डलामा विशाल विरोध सभा गर्दैछ । यस विरोध सभामा सहभागि हुन म सबै हिन्दूवादी, सनातन हिन्दू धर्मावलम्वीहरूमा हार्दिक अपिल गर्दछु । सबैले मंसिर २५ मा सनातन संस्कृति समाजको व्यानरमुनी सहभागि भएर राजसंस्थासहितको हिन्दू अधिराज्य पुनःस्थापना गर्न जनदबाब सृजना गर्न योगदान दिन मेरो अपिल छ । अब सडक दबाबबाटै यो सत्ता र व्यवस्था फाल्न सबै एकजुट हुनुको विकल्प छैन । त्यसैले यही मंसिर २५ गते माइतीघरमण्डलमा भेला भइ सरकारको असफलता र व्यवस्थाको विकल्प खोज्न निर्णायक संघर्ष गर्न एकजुट बनम । राप्रपाका केन्द्रीय नेता लुइटेल, सनातन संस्कृति समाजका सहअध्यक्ष हुनुहुन्छ ।