No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारतीय विदेश सचिव काठमाडौंमा

  • 4
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौँ । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । उनी चार्टड विमानबाट काठमाडौं आएका हुन् । भारतीय विदेश सचिव श्रृंगला परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपाल आएका हुन् ।

उनको भ्रमणमा द्विदेशीय राजनीतिक नक्सा र सीमांकन समस्यालाई प्राथमिकतामा राखेर कुराकानी गरिने भएको छ । विदेश सचिवको भ्रमण अवसरमा बिहीबारै सचिवस्तरीय संयन्त्रको बैठकसमेत हुनेछ । द्विदेशीय सचिवस्तरीय संयन्त्र बैठकपछि विदेश सचिव श्रृंगलाले प्रधानमन्त्री ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग आजै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

प्रकाशित: ११ मंसिर २०७७, बिहीबार ०६:२७
Comments
Loading...