56 - 56Shares
कस्को गुनगान गाऊँ म यहाँ ?
नेपालीको वारी नेपाली कै घाँस,
भ्रष्ट नेताले बनाएँ देश सत्यानाश।
कस्को गुन गान गाऊँ म यहाँ ?
साँझा सबैको नेता पाईन्छ कहाँ ?
तिस वर्ष कुरियो परिक्षण भएन यहाँ।।
परिक्षण मै छौ हामी नेपाली यहाँ,
प्रयोगशाला मै घुम्दै छौ नेपाली जहाँ!
उत्तर दक्षिणका यस म्यान नाच्दैछन यहाँ।।
जनता मासेर शीखर चुम्ने,
शीखर पुगे पछि प्रवास घुम्ने,
नेपाली जनता प्रयोगशाला मै रम्ने !
जनताको वारी जनता कै घाँस,
भ्रष्ट नेताले नेपाल बनाएँ सत्या नाश।।
कस्को गुनगान गाऊँ म यहाँ ?
सबै भक्तहरु मात्र छन जहाँ !
नर्क खाई तर्क गर्ने कर्ता छन् यहाँ।।
कुन नेताको गुनगान गाऊँ यहाँ ?
सत्ता माथिको उन्मात छ जहाँ !
स्वदेशको खाने विदेशी गुहार्ने चलन छ यहाँ।।
कथा सुनौं कुन चतुरको यहाँ ?
चतुर नेताले लुट्ने बहाना बनाए जहाँ,
कित्ता कित्तामा बिभक्त जनता भए यहाँ ।।
जनताको वारी जनता कै घाँस,
भ्रष्ट नेताले बनाएँ नेपालको सत्या नाश !
जनता लडाएर नेता बढ्ने चलन यहाँ,
कम्युनिष्ट र काङ्ग्रेस बराबर छन जहाँ
उठेको कर लतार्छन मिली जुली यहाँ।।
कुन पार्टीको बखान गरौं यहाँ ?
नर्क खाएर तर्क बहुतै हुन्छ जहाँ !
जनता भजाएर ब्यापार गरिन्छ यहाँ।।
जनताको वारी जनता कै घाँस,
भ्रष्ट नेताले बनाएँ नेपालको सत्या नाश।।
कस्को गुनगान गाऊँ म यहाँ ?
तस्करको लस्कर हुर्कदै छ जहाँ !
जनता मासेर हनुमान बनाइन्छ महा।।
हाम्रो देश भनौ कि पराईको यहाँ ?
विदेशीले परेड खेल्दै डकार्छन जहाँ!
सत्ताका मान्छेले जनता चिन्दैनन् यहाँ।।
जनताको वारी जनता कै घाँस,
भ्रष्ट नेताले नेपाल बनाएँ सत्या नाश।।
–ठाकुर पोखरेल