No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारतीय विदेश सचिवको नेपाल भ्रमणः सम्वादको शुरुवातलाई क्षणिक फाईदामा सीमित नगर्न अध्यक्ष थापाको सुझाव

  • 9
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाण्डाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं भूतपूर्व परराष्ट्र मन्त्री  कमल थापाले  भारतीय विदेश सचिवको नेपाल यात्राको स्वागत गर्दै भ्रमणले नेपाल-भारत सम्बन्धलाई नयॅा उचाईमा पुराउन सकोस भन्ने  शुभकामना व्यक्त गर्नु भएको छ । अध्यक्ष थापाले सम्वादको शुरुवातलाई क्षणिक फाईदाको लागि होईन,पारस्परिक हित र स्वार्थको सम्वर्द्धन गर्ने दीर्घकालिन अवसरका रूपमा सदुपयोग गरिनुपर्छ भन्ने सुझाव पनि दिनु भएको छ । अध्यक्ष थापाले ट्वीटमा भन्नु भएको छः ९ महिना लामो सम्वादहीनता अन्तगर्दै भारतीय विदेश सचिवको नेपाल आगमन स्वागतयोग्य छ। भ्रमणले नेपाल-भारत सम्बन्धलाई नयॅा उचाईमा पुराउन सकोस्-शुभकामना छ।सम्वादको शुरुवातलाई क्षणिक फाईदाको लागि होईन,पारस्परिक हित र स्वार्थको सम्वर्द्धन गर्ने दीर्घकालिन अवसरका रूपमा सदुपयोग गरिनुपर्छ ।

स्मरणीय छ, पटक पटक विदेशमन्त्री रहिसक्नु भएका राप्रपा अध्यक्ष थापा  विदेश मामलाका विशेष जानकार पनि हुनुहुन्छ । केपी वलीको पहिलो प्रधानमन्त्री कालमा भारतले नाकाबन्दी लगाएका बेला परराष्ट्रमन्त्री समेत रहनु भएका अध्यक्ष थापाले नाकाबन्दी खुलाउन विशेष कुटनीतिक पहल गर्नु भएको थियो ।

हाल नेपाल भ्रमणका रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ  श्रींगलाले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। श्रींगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्दैछन्। यसअघि उनले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेट गरेका थिए।

बिहीबार बिहान चार्टर्ड जहाजमा काठमाडौं आएका श्रींगलाले राजनीतिक भेटवार्ता सुरू गर्नुअघि परराष्ट्र सचिव भरतराज पौडेल नेतृत्वको टोलीसँग ‌बैठक गरेका थिए। उक्त बैठकमा दुई पक्षीय सहयोग र सहकार्यका धेरै विषयमा निकै फलदायी र उपयोगी छलफल भएको श्रींगलाले बताए। विदेश सचिव श्रींगला शुक्रबार गोरखा र मनाङ जाने कार्यक्रम छ भने उनले भोलि नै नेपाल-भारत सम्बन्धबारे सम्बोधन पनि गर्नेछन्। उनी भोलि नै स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: ११ मंसिर २०७७, बिहीबार १४:०४
Comments
Loading...