सिराहा । नवराजपुर गाउँपालिका-३ जगतपुर बस्ने ६० वर्षीय हरे कृष्ण यादवलाई अवैध लागूऔषध गाँजा ३ किलोग्राम सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


