No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

प्रदूषण बढेपछि नयाँदिल्लीमा  निजी सवारी साधनमाथि एकसाता रोक लगाइने

विषाक्त धुवाँबाट राजधानीवासीलाई केही राहत दिन नयाँदिल्लीमा एक साताका लागि निजी सवारी साधनको प्रयोगमाथि रोक लगाइने अधिकारीहरूले बताएका  छन् । तीन करोड जनसङ्ख्या रहेको दिल्लीलाई प्रत्येक वर्ष हिउँदयामको सुरुमा विषाक्त धुवाँले ढाक्दछ ।…

इयूले गाजालाई थप दुई करोड ५० लाख यूरो सहयोग गर्ने

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले युरोपेली सङ्घले गाजाका लागि मानवीय सहायतामा दुई करोड ५० लाख युरो (दुई करोड ७० लाख अमेरिकी डलर) वृद्धि गरेको बताएकी छन् । “यसो गर्दा युरोपेली सङ्घले गाजाका नागरिकका लागि मानवीय सहायतामा कूल…

इरानी विदेशमन्त्री र अफगान उपप्रधानमन्त्रीद्वारा आर्थिक सहयोग विस्तार गर्न आह्वान

इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियान र अफगान कामचलाउ सरकारका कार्यवाहक उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरले  द्विपक्षीय सहयोगलाई बढाउने आवश्यकतामाथि जोड दिएका छन् । इरानको राजधानी तेहरानमा भएको बैठकमा दुवै…

दक्षिण कोरियाले सैन्य जासुसी उपग्रह प्रक्षेपण गर्दै

दक्षिण कोरियाले प्रतिद्वन्द्वी उत्तर कोरियामाथि अझ राम्रो निगरानी गर्न यसै महिनाको अन्त्यमा आफ्नो पहिलो घरेलु जासुसी उपग्रह प्रक्षेपण गर्ने योजना बनाइरहेको बताएको छ । उत्तर कोरियाले आफ्ना विरोधीहरूलाई निशाना बनाउन आणविक…

 सीमा स्थिरतामा सहयोग गर्न म्यान्मासँग चीनको आग्रह

म्यान्माको जुन्ता सरकारसँग लड्ने सशस्त्र समूहहरूले एउटा रणनीतिक व्यापारिक चौकीलाई कब्जामा लिएको भन्दै चीनका एक वरिष्ठ कूटनीतिज्ञले आफ्नो साझा सीमा स्थिरतामा ‘सहयोग’ गर्न म्यान्मासँग आग्रह गरेका  छन् । चिनियाँ सहायक विदेशमन्त्री…

रुसले स्वेच्छिक तेल निर्यातमा प्रतिदिन तीन लाख ब्यारेलले कटौती गर्ने

रुसले सन् २०२३ को अन्त्यसम्म प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक तेल निर्यात कटौतीलाई जारी राख्ने रुसी समाचार एजेन्सी तासले बताएको छ । सेप्टेम्बर र अक्टोबरमा तेल र तेल उत्पादनको निर्यातमा गरिएको कटौतीलाई सन् २०२३…

गाजाबाट तीन सयभन्दा बढी अमेरिकीलाई सारियो सुरक्षित स्थानमा

हमासविरुद्ध इजरायलको संघर्ष चर्किँदै जाँदा तीन सयभन्दा बढी अमेरिकी र उनीहरूका परिवारलाई गाजापट्टीबाट सुरक्षित स्थानमा सारिएको ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका उपराष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन फिनरले हालैका दिनहरूमा गरिएको…

चीनको सुदुर उत्तरी प्रान्तमा हिमआँधी आउन सक्नै भन्दै ‘रेड अलर्ट’ जारी

चीनको उत्तरी प्रान्त हेइलोङजियाङले हिमआँधीका लागि ‘रेड अलर्ट’ जारी गरेको छ । आइतबार साँझदेखि आज साँझसम्म २० मिलिमिटरदेखि ४० मिलिमिटरसम्म हिमपात र वर्षा हुने अनुमान गरिएको छ । प्रान्तका केही भागमा ४० मिलिमिटरभन्दा बढी वर्षा हुने अनुमान…

छोरीलाई ‘बन्धक’ बनाएर जर्मनको ह्याम्बर्ग विमानस्थलमा उडान सेवा अवरोध गर्ने एक व्यक्तिद्वारा…

आफ्नो चार वर्षीया छोरीलाई ‘बन्धक’ बनाएर ह्याम्बर्ग विमानस्थलमा उडान स्थगन गर्ने एक सशस्त्र बाबुले घन्टौंको वार्तापछि ‘बिना कुनै प्रतिरोध’ आत्मसमर्पण गरेका जर्मन प्रहरीले जनाएको छ । पौतीस वर्षीय ती व्यक्तिले शनिबार साँझ टर्किस एयरलाइन्सको…

पाकिस्तानको कपास उत्पादनमा ८२ प्रतिशतले वृद्धि

पाकिस्तानमा कपास उत्पादनमा गत वर्षको तुलनामा ८२ प्रतिशतले वृद्धि भएको पाकिस्तान कपास जिनर्स एसोसिएसनले आइतबार जानकारी गराएको छ । गत वर्ष बाढी र भारी वर्षाका कारण बालीनालीमा क्षति पुगेपछि ३७ लाख भारी उत्पादन भएको कपास यस बर्ष अक्टोबर ३१…