No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

अन्तर्राष्ट्रिय

ह्वाइट हाउसले यसरी गर्नेछ नयाँ अमेरिकी राष्ट्रपति जो बाइडनलाई स्वागत

बुधवार बाइडन प्रशासनले शासन सम्हाल्दै गर्दा ट्रम्प प्रशासनका तन्तुहरू विस्थापित हुनेछन् । कर्मचारीका डेस्कहरू खाली पारिनेछन्, कोठाहरू सफा गरिनेछन् अनि राजनीतिक नियुक्ति पाएका नयाँ समूहमा सदस्यहरूले राष्ट्रपतिको सहयोगीको भूमिका…

जो बाइडनले अमेरिका प्रवेशमा लाग्दै आएको प्रतिबन्ध जारी राख्ने

राष्ट्रपति डोनल्ड ट्रम्पले वेलायत, अधिकांश युरोपेली देश र ब्रजिलबाट हुने यात्रामा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरे पनि नयाँ राष्ट्रपतिको पदभार ग्रहण गर्न लागेका जो बाइडनकी प्रवक्ताले चाहिँ अमेरिकाले त्यसलाई कायम राख्ने बताएकी छन् ।…

भारतको गुजरातमा ट्रकले किच्दा १५ कामदारको मृत्यु

भारतको गुजरातमा फुटपाथमा सुतेका आप्रवासी कामदारलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको छ । गुजरातको कोसाम्बामा गएराति फुटपाथमा सुतिरहेका आप्रवासी कामदारलाई ट्रकले किच्दा १५ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । १२ जनाको…

विश्वमा ९ करोड ६० लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ६० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा चार लाख ५६ हजार सात सय १० जना संक्रमित थपिएका छन् भने ५ लाख बढी संक्रमणमुक्त भएका छन् । हालसम्म विश्वमा ९ करोड ६० लाख ५ हजार ७६३ जना संक्रमित भएका छन् ।…

कोभ्याक्सले आगामी महिनादेखि कोभिडको खोप आपूर्ति थाल्ने

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड १९ खोपको जोहो गर्नका लागि लाइन नमिच्न आग्रह गरेका छन् । टेड्रोस एडहानोम गेहब्रेयससले ’मलाई पहिला’ भन्ने शैली आफ्नै निम्ति समेत हानिकारक हुने बताए । त्यसो गर्दा खोपको भाउ…

नाभाल्नीलाई रिहा गर्न जर्मनी, अमेरिका र ईयुको माग

रुसले विपक्षी नेता अलेक्सी नाभाल्नीलाई तत्काल रिहा गर्न जर्मनीका विदेश मन्त्री हैको माआजले आग्रह गरेका छन् । जर्मनीमा उपचारपछि स्वदेश फर्किएका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको विषयमा पश्चिमा देशहरुले रुसको आलोचना गरेपछि…

साउदी अरबमा मृत्युदण्डका घटनामा कमी

सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् । एक निरपेक्ष राजतन्त्र रहेको यस खाडी राज्यमा लामो समयदेखि विश्वको उच्चतम मृत्युदण्डसम्बन्धी अपारदर्शी न्यायिक प्रणाली रहेको भनेर साउदी अरबको आलोचना…

विश्वमा ९ करोड ५४ लाख भन्दा बढीलाई कोरोना संक्रमण

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ५४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ३१ हजार भन्दाबढी संक्रमित थपिएका छन् भने ४ लाख बढी संक्रमणमुक्त भएका छन् । हालसम्म विश्वमा ९ करोड ५४ लाख ७९ हजार ६२ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ६…

रुसी विपक्षी नेता नभाल्नी पक्राउ

स्नायु विषको प्रयोगका कारण झन्डै ज्यान गुमाएका रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई महिनौँपछि जर्मनीबाट मस्को फर्किएको केही समयमै हिरासतमा लिइएको छ । उनलाई पक्राउ गरेकोप्रति पश्चिमा नेताहरूले मस्कोको निन्दा गरेका छन् । क्रेमलीनका आलोचक ४४…

सुडानमा भएको झडपमा कम्तीमा ४८ जनाको मृत्यु, ९७ घाइते

सुडानको पश्चिमी डार्फर राज्यको राजधानी एल जेनिनामा सशस्त्र मिलिशियाद्वारा गरिएको आक्रमणमा कम्तिमा ४८ जनाको मृत्यु भएको सुडानी राज्य सञ्चालित समाचार संस्था (सुना न्यूज एजेन्सी) ले आइतबार जानकारी गराएको छ । आक्रमणमा कम्तीमा ९७ जना घाइते भएका…