+

प्रतिष्ठानको दरखास्त आह्वानप्रति नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आपत्ति

९ चैत्र २०७८, बुधबार १३:३३

काठमाडौं । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानको दरखास्त आह्वानप्रति आपत्ति जनाएको छ । संघले विज्ञप्ति जारी गरी स्वदेशी जनशक्तिलाई प्राथमिकता दिनुपर्नेमा सूचनामा त्यस्तो नगरिएको भन्दै आपत्ति जनाएको हो । संघले सूचना परिमार्जन गरी पुनः दरखास्त आह्वान गर्न माग गरेको छ ।