प्रभादेवी पौडेल।
-“आमा पहाडबाट ठुलो भिनाजु आउनुभएको छ छिटो घर आउनू ।” लल आईहाल्याॅ चिया पानी दिँदै गरेस् ।” – “आमा दाल सकिएको छ र भरेलाई पकाउने तरकारी समेत् छैन।” -” आज पैसा छैन जे छ उसैले काम चलायस् भोली हाट गएर ल्याऊॅला सबै थोक।”
एकछिन सम्मको सासु र ज्वाईको भला कुसारी पछि ज्वाईले सुमित्राले पठाएको भन्दै बेसार ,घ्यू ,अनदीको चामल ,सिरम्ला भएको झोला सासुआमाको हातमा थमाइदिए ।
यो देखेर सासु आमा खुशी हुँदै भनिन् ,-“ज्वाई साहेब अलि दिन यतै बस्नुपर्छ नी।” -” होइन आमा हजुरबुवा बिरामी हुनुहुन्छ भनेर यसो भेट्न मात्रै आएको भोली त फर्कनु पर्छ।” ज्वाईले त्यसो भनेता पनि भोलिपल्टको दिन पनि यसो उसो गर्दै बित्यो । त्यो दिन साँझ परेको थियो कान्छा ज्वाई पनि कार चढेर टुप्लुक्क आई पुगे। उतिबेलै ससुरा बाले छोरालाई खशीको मासु लिन पठाए। सासु आमाले बासमती चामलको जोहो गरिन् । एकैछिनमा धेरै ब्यन्जन पाक्यो। खाना खाई वरि सकेपछि गफ गाफ चल्यो।
सुत्ने बेलामा सबै कुरा बिचार गरिरहेकी नयाँ बुहारीले सुटुक्क सासुआमासँग सोधिन्, ,-“आमा दुई वटा भिनाजुमा किन फरक गर्नु भएको?”
-“के गर्ने बुहारी सहरमा हुर्केका कान्छा ज्वाई खाने कुरामा जेठीका झै सजिलो हुनुहुन्न क्या।”


