+

हाँस्यटेली सिरीयल ‘नसानाडी’को छायाँकन सुरु

१२ माघ २०७९, बिहीबार १३:२४

धनगढीः जनचेतना सञ्चार समूहद्वारा सञ्चालित हाँस्यटेली सिरीयल ‘नसानाडी’को छायाँकन सुरु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर  ९ मा रहेको राजघाटमा ‘नसानाडी’को छायाँकन सुरु गरिएको  संस्थाका अध्यक्ष विजयराज जोशीले बताए। बिहीवार एक कार्यक्रमका बिच सिरीयलको छायाँकनको काम सुरुवात गरिएको हो।

सिरीयलको कथा/पटकथा/सम्बाद/लेखन र निर्देशन निखिल आचार्य, दीर्घ शाही र विजय जोशीको हुने छ। छायाँकन देवेन्द्र पाण्डेले गरेका छन्। निउज नेपाल टेलिभिजनले सिरियलको प्रसारण गर्ने छ। फागुन १५ गते सोमवार राति ८ बजेदेखि प्रत्येक सोमवार सोही समयमा प्रशारण हुने संस्थाले बताएको छ।