+

शिक्षा विधेयकमा विद्यार्थी संगठन र माउ पार्टीको धारणा किन बाझियो ?

२ माघ २०८०, मंगलवार ०३:४१

-सुमना श्रेष्ठ
विद्यालय शिक्षा विधेयकसँग सम्बन्धित छलफलमा प्रतिनिधिसभाको शिक्षा समितिमा लगभग सबै विद्यार्थी सङ्गठनका प्रमुखहरू उपस्थित हुनुभएको थियो । हामीले उक्त विधेयकमा राखेका संशोधन प्रस्तावहरू उहाँहरूले भन्नुभएको कुरासँग दुरुस्तै मिल्न गएको देख्दा म अत्यन्त खुसी भएकी छु । तर एउटा बडो अचम्मको कुरा चाहिँ उहाँहरूको विचार उहाँहरू सम्बद्ध पार्टीका सांसद्ज्यूहरूले राख्नुभएको संशोधन प्रस्तावसँग धेरै ठाउँमा बाझिएको थियो । उदाहरणका लागि शिक्षकमाथि स्थानीय सरकारको क्षेत्राधिकार लगायतका विषयमा । हामीले राखेका संशोधन प्रस्तावमा मैले विद्यार्थीको आवाज प्रस्फुटित भएको देखेँ तर पार्टीगत भिन्नताका आधारमा उहाँहरूको मुद्दामाथि हस्तक्षेप हुने त होइन भन्ने डर पनि उत्तिकै लागेको छ ।

शिक्षक आन्दोलनका बेला अन्य पार्टीका नेताज्यूहरूले शिक्षकलाई इङ्गित गरेर ‘यी त हाम्रै मान्छे हुन्’ भनेको प्रत्यक्ष सुनेकी थिएँ । उहाँहरू पनि कुनै समय यस्तै युवा विद्यार्थी हुनुन्थ्यो अनि उहाँहरूको हकहितका लागि भन्दै पार्टीमा आबद्ध गराएर आफ्नो शक्ति वृद्धि गर्नका लागि प्रयोग गरी राजनीतिक पार्टीहरूले उहाँहरूको जीवन नै व्यतित गरिदिएको तर पेशागत अवस्थामा उल्लेख्य सुधार नभएको अवस्था विद्यमान छँदैछ । विद्यार्थीले व्यक्त गरेको आवाजसँग माउ पार्टीको धारणा बाझिँदै गर्दा फेरि पनि विद्यार्थीलाई ‘तिमीहरू हाम्रो पार्टीको हौ’ भनेर प्रभावित गरिँदैन भन्ने ग्यारेन्टी के छ ? विद्यार्थीको मुद्दामा सम्झौता गरिँदैन भनेर कसरी विश्वस्त हुने ? फगत आ–आफ्नो पार्टी भन्दा पनि देशकै हितको लागि हामी सबैसँगै उभिदा कसो होला ?

ताजा अपडेट