९ जेठ दोलखा ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेको भवन निमार्ण क्रममा भ्रष्टचार गरेको आरोपमा मुद्दा खेपेका १२ जनाले सफाई पाएका छन् ।
तामाकोशी गाउँपालिकाका वडा नम्बर तीनका वडा अध्यक्ष राम प्रसाद काफ्ले सहित कर्मचारी, पुर्वजनप्रतिनिधि सवैले सफाई पाएका हुन । वडा भवन निमार्णको क्रममा भ्रष्टचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुन २७ गते विशेष अदालतमा १२ जना विरुद्ध मुद्दा दर्ता गरेको थियो ।
मुद्दा दर्तासँगै वडा लगाएत पालिकाको नियमित काममा वाधा पुगेको थियो । अदालती प्रकृया र अनुसन्धानवाट दोषी नदेखियको ठहर भएसँगै १२ जनाले नै सफाई पाएको वडा अध्यक्ष काफ्लेले आफ्नो समाजिक संजालमा लेख्नुभएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सहित १२ जनाले पाए सफाई
९ जेष्ठ २०८१, बुधबार १३:३६