जेठ १५ तामाकोशी ।
दोलखाको तामाकोशी गाउँपालिकामा १७ औं गणतन्त्र दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम भएको छ । कार्यक्रम तामाकोशी गाउँपालिकाले अयोजना गरेको हो भने प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाले गरेको थियो ।
गाउँपालिका अध्यक्ष प्रोण प्रताप के.सीको अध्यक्षतामा भएको कार्यक्रममा तामाकोशी गाउँपालिका र जिल्ला रेडक्रस सोसाइटी बीच तामाकोशी गाउँपालिकाका नगरिकलाई जिल्ला रेडक्रस शाखा तथा भक्तपुर रेडक्रस शाखा मार्फत निशुल्क रगत उपलव्ध गराउँने जनाइएको छ । १७ औं गणतन्त्र दिवसको अवसरमा गाउँपालिका र रेडक्रस सोसाइटी विच सम्झौता पत्रमा हस्तक्षर गरि एक अर्कालाई लिनेदिने गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख अरुण कुमार मिश्रले जानकारि दिनुभयो ।
सम्झौता पत्रमा तामाकोशी गाउँपालिकाका नागरिकले जिल्लाका अस्पतालबाट र जिल्ला बाहिर रहेका नागरिकले भक्तपुर शाखा मार्फत निशुल्क रगत प्राप्त गर्ने जनाइएको छ । त्यस्तै रक्त संकलन र जनसम्पर्कलाई सुदृढ बनाउन तामाकोशी गाउँपालिकाले रेडक्रस दोलखा शाखालाई वार्षिक रु। १ लाख अनुदान सहयोग गर्ने समझदारी पनि भएको छ ।
तामाकोशी गाउँपालिकाले प्रत्येक वर्ष गणतन्त्र दिवसका अवसरमा बृहत् खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्नेछ । कार्यक्रममा उपाध्यक्ष सिर्जना खड्का सुवेदी, प्रमुख प्रशासकीय अधिकृत बद्री प्रसाद शर्मा वाग्ले तथा जिल्ला रेडक्रस शाखा सभापति इश्वरी प्रसाद दहाल लगायतको उपस्थिति रहेको थियो । आज भएको कार्यक्रममा ३३ जनाले रक्तदान गर्नुभएको छ ।
१७ औं गणतन्त्र दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
१५ जेष्ठ २०८१, मंगलवार १३:१९