+

अमेरिकी दबाबमा गॅाजाखेतीमा प्रतिबन्ध लगाउने नेपालको राजसंस्था कसरी पर्यो धरापमा ?

११ असार २०८१, सोमबार ०६:५७

सुरेश आचार्य ।

The Crown, Cannabis and Communists
सन् १९७० को दशकमा अमेरिकी युवाहरू हिप्पी बनेर शान्तिका लागि आउने काठमाडौं थियो ! Then Kathmandu was the capital of the Hyppie-dom (हिप्पी अधिराज्य) of the world ! अमेरिकाले आफ्ना युवाहरू गजेडी भए भनेर नेपाललाई गॅाजा (Cannabis) उत्पादनमा रोक लगायो, गॅाजा खेती गर्न नपाएका नेपाली बेरोजगार भए, अनि ती गरिब बनेका नेपालीले गॅाजाको सट्टा घरघरमा कम्युनिष्ट (Communist) फलाए । देशभरी क्रमशः कम्युनिष्टको राजनीति बढ्दै गएर अन्ततः अमेरिकी दबाबमा गॅाजाखेतीमा प्रतिबन्ध लगाउने नेपालको राजसंस्था (Crown) नै धरापमा पऱ्यो !

Crown लाई Communist ले विस्थापित गराए, जून कम्युनिष्टहरू Cannabis को खेतीबाट परिवार र जीवन चलाउँदै आएका क्षेत्र (रोल्पा, रूकुम) बाट जनयुद्धको रूपमा झिल्को बनेर देशभरी फैलेका थिए ! हिजो त्यही गाँजाखेतीको उर्बर भूमी रोल्पाबाट प्रतिनिधित्व गर्ने कम्युनिष्ट तथा जनयुद्धका कमाण्डर रहिसकेका अर्थमन्त्री वर्षमान पुनले २०८१/८२ को राष्ट्रिय बजेटबाट ‘गाँजाखेती’ पुनः सुरू गराउने घोषणा गरेका छन् !

The Crown, Cannabis and Communists भन्ने आलेख एकजना अमेरिकी पत्रकारले २०३६ सालतिर लेखेका थिए । उनको निचोड थियो- अमेरिकाले नेपाली राजसंस्थालाई गॅाजाखेती माथि प्रतिबन्ध लगाउन लगाएर गुरिल्ला कम्युनिष्ट उत्पादन गरी अन्ततः राजसंस्थालाई योजनाबद्ध रूपमा धरासयी बनाएको भन्ने आशय उल्लेख थियो । अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले अमेरिकी युवाहरूमा बढेको लागू औषधको बढ्दो लतलाई रोक्न सन् 1971 June 1 मा ‘War on Drugs’ अभियानको विश्वव्यापी घोषणा गरी लागू औषधलाई प्रतिबन्ध लगाइएपछि नेपाल, इरान, पाकिस्तान, अफगानिस्तान, बर्मा, कम्बोडिया, लाओस आदि जस्ता देशको स्थिरतामा गंभीर संकट पैदा हुनथाल्यो !

अमेरिकी घोषणाको कार्यान्वयन राजा महेन्द्रको सरकारले गरेन वा गर्नै भ्याएन ! एक्कासी ६ महिनाभित्रै राजा महेन्द्रको सन् १९७२ को जनवरी ३१ का दिन भरतपुरमा अनापेक्षित निधन भयो ! राजा वीरेन्द्र राजगद्दीमा बसेपछि नेपालभरी प्रहरीले गॅाजा खेती नष्ट पार्न थाल्यो, र काठमाडौमा खुलेका अधिकांश ‘grass’, ‘marijuana’ र ‘charas’ सॅग सम्बन्धित रेष्टुरेन्ट, होटेल, क्लब, बार, डिस्कोथेक सबै बन्द गराइए !

अमेरिकी घोषणाको २ वर्ष नपुग्दै सन् १९७३ जुलाई १७ का दिन अफगानिस्तानका राजा जहिर शाहको सरकारको तख्ता पलट भई राजा अपदस्थ गरिए ! अमेरिकी War on Drugs को घोषणाको अन्तिम राजनीतिक असर पनि दूर्भाग्यले नेपालमै पऱ्यो- ठिक ३० औं वर्षका दिन June 1, 2001 का दिन राजदरबारमा राजासहित आमहत्या भयो । यी सबै देशहरूमा सत्ता परिवर्तन मात्र भएन, ती देशहरू साम्यवादी मुलुक चीनलाई घेराबन्दी गर्ने चीन विरोधी कम्युनिष्ट (The Peripheral Communists against Chinese Communists) पैदा गर्ने उर्बर भूमी समेत भए ! इस्लामिक देशमा भने कट्टरपन्थी मूल्लाहरू जन्माइए !

भू-राजनीति र अन्तराष्ट्रिय सम्बन्ध कसरी एउटा देशले आन्तरिक समस्याको निकासका लागि लिएको कदमबाट अरू देशको स्थिरतामा असर पार्छ भन्ने एउटा सानो उदाहरण हो । नेपालमा भू-राजनीति र अन्तराष्ट्रिय सम्बन्धलाई मागिखाने भाडो बनाइएको छ भने कूटनीतिलाई राष्ट्रिय स्वार्थ र सुरक्षाका लागि नभई निरन्तर आत्मघाति कदमका रूपमा बढाइँदैछ  भन्ने देशको अहिलेको यथार्थ अवस्थाले चित्रण गर्छ । नेपालले कूटनीतिक नियुक्ति र परिचालन वा आन्तरिक नीति तयार पार्दा आफैं हार्ने खेल (Game of losers) को रणनीति बनाउनमा मात्रै लागिरहेको देखिन्छ ।

माथि उल्लिखित घटनाहरू विशुद्ध रूपमा संयोग मात्रै हुन् कि होइनन् त्यो इतिहासले बताउला, यी देशहरूमा किन र कसरी मानिसहरू आफ्नै मान्यता र आफन्तहरूकै बिरूद्ध राजनीतिक संघर्षमा उत्रे, यो चाहिँ विचित्रको प्रश्न छ । देशभित्रका सामन्तवादी र साम्राज्यवादी बीचको सत्ता संघर्ष उत्पन्न भयो ! सबै देशमा साम्राज्यवादीले सामन्तवादीलाई पराजित गरे !
पश्चिममा मध्यपूर्वदेखि पामिर पहाडको दक्षिण, हिन्दकूश क्षेत्र हुदै भियतनामको उत्तरी पर्वतीय क्षेत्र ७० वर्षदेखि नै विश्वको अस्थिरताको प्रज्वलिनक्षेत्र बनेको छ भने अबका ५० औं वर्ष यही क्षेत्र विश्वको स्थिरता र शान्तिका लागि खतरा बनिरहनेछ !
विधर्मी धर्म प्रचार, लागू औषध, मानव तश्करी, गरिबीको दुश्चक्र, हतियारको खेल मात्र होइन सृष्टिकर्ताले सनातन धर्म, साहित्य, प्रविधिको केन्द्र बनाएको यस क्षेत्रमा आज प्राकृतिक प्रकोप र मौसम परिवर्तनले समेत गंभीर असर पारिरहेको छ ।

ताजा अपडेट