+

एमालेलाई कांग्रेससँगको गठबन्धन किन चाहिएको हो ?

२१ असार २०८१, बिहीबार ०४:३९

लेखनाथ न्यौपाने ।
कांग्रेस सरकार बाहिर थियो, ऊ जसरी पनि सरकारमा जान चाहन्थ्यो र एमालेसँग मिलेर हामीलाई प्रचण्डले धोका दियो भन्ने मात्र होइन बेचन झा गिरफ्तारी सँगै कांग्रेसको हेडक्वाटर पनि तानिने निश्चित जस्तै थियो । त्यसकारण उसलाई प्रचण्ड नेतृत्व सरकार भत्काउनु थियो ।
तर एमालेलाई ?

एमालेकै पहलमा बनेको पछिल्लो गठबन्धन र यसैमार्फत ओली प्रधानमन्त्री बन्न सक्थे सम्भावना समेत थियो, अब त उनलाई प्रधानमन्त्री बनाउने कांग्रेसको ललिपप प्रचण्डले संसदको सामना गर्ने भन्ने प्रक्रियाले चाख्न नपाउने बनाइदियो । किनकी संविधानको धारा ७६, २ अनुसार बनेको सरकारले विश्वासको मत लिन नसक्दा स्वत् प्रक्रिया ७६, ३ मा प्रवेश गर्छ, जुन ओली प्रतिकुल बन्छ ।

एमालेले यसो गर्नाका कारण
पहिलो, नेकपा कालको बदला लिने पर्खाइमा थिए ओली । यसको पहिलो प्रक्रिया माओवादी–कांग्रेस गठबन्धन टुटाउने र त्यसपछि उपयुक्त समयमा प्रचण्डलाई उत्तानो पार्ने थियो, यही गर्न खोजे । दोस्रो, भ्रष्टाचारका फाइलहरुका कारण उस्तै उस्तै मिलेर खुलेका फाइलहरु रोक्ने सहमतिले काम गरेको हुन् सक्छ/देखिन्छ ।

तेस्रो, कांग्रेस–एमालेलाई ०७२ को भन्दा ०४७ सालको संविधान बढी मन परेको पक्का हो । संविधान संशोधनको नाममा संविधानसभाले बनाएको संविधानलाई अन्तरवस्तुका हिसाबले ०४७ कै संविधानमा फर्काउने पश्चगामी मानिसकताले काम गरेको हुनसक्छ÷ देखिन्छ ।

 

ताजा अपडेट