+

आजको राजनीति संकटको कारण

१९ मंसिर २०८१, बुधबार ०३:४०

डा. युवराज संग्रौला ।
समाजमा गति हुन्छ, परिवर्तनको । उत्पत्ति हुन्छ, बिसर्जन वा विलय हुन्छ र फेरि उत्पति । परिवर्तनको क्रममा अनेक विकृतिहरु प्रकट हुन्छन्, जसरी बाघले शिकार गर्न थालेपछि श्याल र ब्वाँसाहरु कुनामा छटपटाइरहेका हुन्छन् । गिद्धहरु आकाशमा फन्का मार्न लाग्छन् ।

१.संस्कृतमा क्रान्तिको अर्थ उन्नयन हुन्छ । जुन बिद्रोह र आन्दोलनले उन्नयन गर्दैन, तो प्रतिक्रान्ति हुन्छ, क्रान्ति होइन ।

२. परिवर्तनको नियमिततालाई हस्तक्षेपद्वारा समाजका अभियन्ताले तयार पारेको मार्गचित्र बमोजिम बाटोमा मोड्नु पर्दछ । बाँध बाँधेर नहर चाहिँ बनाएको छैन भने पानी लक्ष स्थानमा पुग्दैन ।

. परिवर्तनका नाममा मानिसमा निरासा र उत्तेजना फैलाउने अराजकता राम्रोसँग भत्काउँछ तर बनाउँदैन । त्यो बिद्रोह पुग्ने त फ्रेन्च क्रान्तिकै आकारमा हो । तर सभ्य र विचारद्वारा निर्देशित विद्रोह चाहिँ नेल्सन मन्डेलाले नेतृत्व गरेकोजस्तो दक्षिण अफ्रिकाको जस्तो आन्दोलन जस्तो उत्कर्षमा पुग्छ ।

आजको राजनीति संकटको कारण छ । त्यो कारणको रुपमा समाजभित्र अंतर्विरोध छन् । तिनको यकिन गरि समस्याको मोचन गर्ने सुत्र सिद्धान्त निर्माण नगरी समाजको उन्नयन सुनिश्चित गर्न सकिन्न । तर केही समाजमा अराजकता नै क्रान्ति हो भन्ने संकथन निर्माण गरिँ दैछ। यी भिडमा वि देशी घुसपैठ व्यापक रहेछ। नेपाली जनताले आफ्नो चेतना तिखारेर राष्ट्रमा राजनीति स्थायित्व, उत्पानमा आत्मनिर्भरता र राष्ट्रिय सुर क्षाको प्रतिरक्षामा उभिनु आवश्यक छ।