+

संकटमा देशः के हो निकास ?

१५ माघ २०८१, मंगलवार ०३:३१

मोहन चापागाईं ।

नेपालको राजनीतिक परिवर्तनमा सदैव परचक्री हावी

आदरणीय प्रिय नेपालीहरू,
म जे जस्तो लेखिरहेको छु आफ्नो बुझाइ अनुसारको भाव हो!अपेक्षारहित निरपेक्ष रूपमा अन्तर्निहित प्रकटीकरण हो मेरो!यो कुनै इतिहास लेखन होइन!सामान्य राजनीतिक कर्मीको हैसियतले मैले नेपाली राजनीतिक शैली विसङ्गतिवादमा रूपान्तरित भएको पाएको छु ,यो क्रम निरन्तर चलिरहेछ, राजनीतिक परिवर्तनले पूर्णाङ्क पाएको छैन, गन्तव्यमा पुग्न सकेको छैन!२००७ सालदेखि नै यो निरन्तरता कायम रहेको छ!सात सालको दिल्ली सम्झौतादेखि बाह्र बुँदे सम्झौतासम्म दिल्ली मै भयो!नेपाल राष्ट्रले कहिल्यै राष्ट्र, राष्ट्रिक एवं राष्ट्रियतालाई संरक्षित गर्न सक्ने स्थायी शासन पद्धतिलाई स्थापित गर्न सकेन ,संवैधानिक व्यवस्थाअनुसारको स्थायी सरकार पाउँन सफल भएन!नेपालको राजनीतिक परिवर्तनमा सदैव परचक्री हावी भएको आभास झल्कियो, नेपालीहरूको वलिदानले किन निर्देशित गर्न सकेन नेपाली राजनीतिक परिवर्तनलाई!राजनीतिक धर्मानुसार राजनीतिक परिवर्तन संस्थागत विकसित हुँदै जानु पर्नेमा के कस्तो कमजोरीले हुन सकेन!यही जिज्ञासाले मलाई कोरकार गर्ने प्रेरणा दिएको हो !

बिश्वेश्वरप्रसाद कोइरालाको के कस्तो चुकाइभयो ?

२००७ सालको राजनीतिक परिवर्तन बारे यता उता कोरकार गरेका र कर्णपरम्पराबाट सुनिएका ,शब्दाकाशमा सम्प्रेषित शब्दहरूबाट भेजामा अलि अलि घुसाइयो!काशी इण्डिया गए पछि मात्र राजनीतिक परिवर्तने चस्का लाग्न थालो!नत्र त दिङ्ला भञ्ज्याङ सेरोफेरो आँपटारी,बडहरे, गढीगाउँ, बितलव, साल्मा,फालिसाङ्पाङ् आदिको पियक्कड घुमन्ते भइयो ,राजनीति साजनीति के हो चासोको विषय परेन!अँ!!!! आदरणीय काइंला राईका माहिला छोराले मुखमा ध्वनि यन्त्र लगाएको देखेको, सुनेको हुँ!त्यो चुनावमा प्रचार गरेको रे!२०१५सालको आमनिर्वाचनमा मुद्रे प्रचारक हुन् रे!उनका उम्मेदवार स्वतन्त्र उठेका रे। मोरङविराटनगरतिरका रे, पुर्ख्यौली दिङ्ला साल्मातिरका रे!दिङ्ला हुँदा मैले बुझेको राजनीति यत्ति हो!
२०१७ सालको राजनीतिक घटना पछि म वे+तने सम्प्रेषित पठाई घोक्न,रट्न आदरणीय माहिला दाजु कुलराज शर्माले इण्डिया काशी लगिएको म “काजी”!

रटन्ते पढाइ तन्के सँगै नेपाल राष्ट्रको राजनीतिक चस्काले राम्रै चस्क्याउँन थालो!श्री ५ महेन्द्रले आदरणीय बिश्वेश्वर प्रसाद कोइरालाको नेतृत्वको सरकार गर्ल्यामगुर्लुम पारेर आफ्नै प्रत्यक्ष नेतृत्वमा सरकार गठन गरेको भन्ने सुनियो!
नेपाली काँग्रेस नामको राजनीतिक दलको नेता आदरणीय बिश्वेश्वर प्रसाद कोइरालालाई काठमाण्डू सुन्दरी जेलमा थुनेको र म घुमन्ते जीवन धर्म निर्वहन गरेको क्षेत्रबाट २०१५ सालको आमनिर्वाचन चुनाव जितेका आदरणीय दिवान सिंह राई पनि आदरणीय बिश्वेश्वर प्रसाद कोइरालासँग नै जेल परेका भन्ने थाहा पाइयो!

यो सत्य पत्ता लागो कि त्यो बेलाको प्रतिनिधि सभामा १०९ सदस्य हुनुपर्ने, नेपाली काँग्रेसको नामका ७४ हत्तर प्रतिनिधि सदस्य, स्पष्ट बहुमत भएको सरकार, र पनि गर्ल्यामगुर्लुम भएको, यो विषय मेरो आश्चर्य र कौतुहलको दार्शनिक विषय बन्यो!केही न केही कमी कमजोरी नभई त सत्रह साले घटना घटेन, मैले पढेको थिएँ नल राजा रानी दमयन्ती र “कलीको कथा, कली राजा नललाई दमयन्ती नपाएको झ्वाँकमा सिध्याउँने ताकमा घोर हेरेको हेरै गर्ने, नलको कमजोरी नहुँदासम्म कली नलमा प्रवेश गरेर उनलाई दुख कष्ट दिन नसक्ने, नल एकदिन आफ्नो दैनन्दिनीमा चुक्नुभएछ, कली नलको दुर्मतिको रूपमा प्रवेश गरेछ!नल र दमयन्तीको दुर्दिन शुरु भएछ!ल!!! नेपाली काँग्रेस र त्यसका नेता आदरणीय बिश्वेश्वर प्रसाद कोइरालाको के कस्तो चुकाइ भयो, मेरो बुझाइमा क्रमश:-

बिश्वेश्वरप्रसाद कोइरालालाई इण्डिया पक्षधर मानियो

म सामान्य राजनीतिक कर्मी हुँला भन्ने सोच थिएन, कहिले मौलायो मलाई थाहा भएन!आदरणीय माहिला दाजु कुलराज शर्मासँग पढ्न भनेर काशीतिर लागियो!त्यहाँको नेपाली परिवेशले नेपाली छात्र परिषदको महामन्त्रीसमेत भयियो!पञ्चायती शासन प्रणालीको बिरुद्ध लागियो, राजनीतिक स्वतन्त्रता छैन भनेर बिरोध गरिन्थ्यो!शोषण मुक्त समाज समुदायको प्रकल्पनामा क पुष्पलाललाई समर्थन गरियो!आदरणीय बिश्वेश्वर प्रसाद कोइरालालाई इण्डिया पक्षधर मानियो उहाँको नेतृत्वको नेपाली काँग्रेसको बिरोध गर्नसम्म गरियो!तर गुदी कुरो बुझ्दै जाँदा आफैंलाई गलत बुझियो!आदरणीय बिश्वेश्वर प्रसाद कोइरालालाई राजनीतिक धर्म कर्म निर्वहन गर्न सक्षम नेताको रूपमा स्वीकार गरियो!किन स्वीकार गरियो क्रमश लेखिनेछ!

पुष्पलाल र बिश्वेश्वरप्रसाद कोइराला

कतिपय समय मेरो लेखाइमा आत्म केन्द्रित भाव प्रस्फुटित हुन सक्छ,भएको छ!मैले स्वीकारेको छु!यसमा सत्यता हुनमा मेरो जीवन शैली नै दोषी छ!यही सत्य ठहर गर्न सकिन्छ!का पुष्पलालको नेतृत्वको ने क पामा जीवनको बाजी लगाएर सक्रिय भए!नेतृत्व पाउँन हारालुछ गरिन,का पुष्पलालको आवश्यकताको लागि केही समय पूर्वाञ्चल घुम्ती ब्यूरोको सचिव भएँ!त्यो कालखण्डमा का पुष्पलालको नेतृत्वको ने क पाको सङ्गठन थिएन!आदरणीय मनमोहन एवं भरतमोहनको अराजनीतिक शैलीले गर्दा म का पुष्पलालको राजनीतिक दलको सङ्गठन विस्तार गर्न लागें!मसँगै का प्रभुनारायण चौधरी र भिम सेढाइ॔ हुनुहुन्थ्यो!

म नेपाली छात्र परिषद वाराणसीको महामन्त्रीसमेत भएको नेपाली परें!का बलराम उपाध्यायले पत्याएको पूर्व परिचित त्यसैले उहाँले मलाई सङ्गठनको जिम्मा लिन जोड गर्नुभयो!मैले स्वीकारें तर अर्को विकल्प पाए पछि मैले छोडिदिने कुरा राख्दा दुवै नेताको सहमति भयो!पछि सङ्गठन विस्तार हुँदै जाँदा विकल्प प्राप्त भयो मैले छोडे॔!म काशी फिर्कें!फेरि क पुष्पलाल र क बलराम उपाध्यायको सुझावले अ भा ने छात्र फेडरेसनको अध्यक्ष भएँ!यही पदे स्थितिले गर्दा नेपाली काँग्रेस समर्थक आदरणीय प्रिय नेपालीहरूको बिरोधको तारो थिएँ!कति पल्ट त नेपाली काँग्रेस समर्थक र का पुष्पलाल समर्थक बीच हातहालाहालको स्थिति सम्म आएको हो!मेरै नेतृत्वको कारण यो धटना घट्थ्यो!राजनीतिक धर्मानुसार राजनीतिक प्रणालीको सोचमा म त्यो बेलाको नेपाली काँग्रेसको सोचसँग नजिक थिएँ!यही सोचले गर्दा म ने क पाको नेतृत्वको होडमा रहिन!मेरो मानसिक स्थितिको आँकलन आदरणीय बिश्वेश्वर प्रसाद कोइराला र स्वयं क पुष्पलालले गरेको थियो जस्तो लाग्छ!क पुष्पलाल बारम्बार भन्नु हुन्थ्यो “अध्ययन गर्नोस्, निष्कर्ष निकालेर नेतृत्व लिनुपर्छ होला,!”यस्तै परिस्थितिको बीच क पुष्पलालले देह त्याग्नु भयो!क बलराम उपाध्यायहरूले आदरणीय मनमोहन अधिकारीलाई ने क पा सौ॔पिनु भयो!म वचन मुक्त भएँ!मैले राजनीतिक परिवर्तनमा स्ववाद या नेपालवादको सोच पस्के!अहिलेसम्म आफ्नो सोचमा परिवर्तन भएको छैन!म कुनै समूह गुट उपगुट झुण्डमा छैन!जे जस्तो जीवन धर्म निर्वहन गरिरहेको छु निरपेक्ष भावले गरिरहेको छु!राष्ट्र, राष्ट्रिक एवं राष्ट्रियतालाई बल पुग्नेछ भन्ने आत्म चिन्तन केन्द्रित भएर जीवन गति चलायमान पारिरहेको छु!मैले क पुष्पलाल र बिश्वेश्वर प्रसाद कोइरालालाई नेपाली राजनीतिक इतिहासका मूर्धन्य व्यक्तित्व स्वीकार गरेको छु किन कि दुवैले सत्ता सुविधाको लागि आत्म समर्पण गरेको छैन!

म कम्युनिष्ट नेतृत्वको प्राप्तिको मरिहत्ते चरित्रतिर लागिन 

सामाजिक मनोविज्ञानको विश्लेषण मूल्याङ्कन अनुसार आदरणीय का पुष्पलाललाई नेताको गुण सम्पन्न पाएको छु!नेताले आफ्ना अनुयायी,समर्थक एवं कार्यकर्तालाई संरक्षण दिन सक्नुपर्छ, उनीहरूको राय सल्लाह सुन्न सक्नुपर्छ!उहाँमा सबैको कुरा सुन्ने सहनशीलता थियो!मलाई नेपाल क पालाई समर्थन दिन भनेकोमा मैले शर्त राखेको छु, “आदरणीय मनमोहन अधिकारीलाई नभेटी तपाईँलाई समर्थन दिन सक्दिन, “भने!उहाँले सहमति जनाउँनु भयो!मैले विराटनगर मधुमारामा मनमोहन दाईलाई भेटें!मनमोहन दाईले का पुष्पलालसँग नभेट्ने भन्नु भयो!उहाँका सहोदर भाइ आदरणीय भरत मोहनले का पुष्पलालको नेतृत्वको ने क पालाई समर्थन गर्ने त्यसका सङ्गठन कर्तालाई ठठाउँने कुरा गर्नु भयो!म पनि माँझ किराँत भोजपुर दिङलामा जन्मेर हुर्केको नेपाली प्रेस ,त्यसैले म का पुष्पलालको “ने क पाको सङ्गठनतिर लागें!” भन्दै जुरुक्क उठेर हिंडे!यसप्रकार औपचारिक हैसियत प्राप्त नगरी आफैं कम्युनिष्ट भएँ!यो जानकारी का बलराम उपाध्याय मार्फत का पुष्पलालकोमा पुगो!कामको दौरानमा विराटनगरमा पक्राउ परियो!जेल बसियो!अनसन गरियो!तत्कालीन सरकारको निगरानीमा मोरङ नछोड्ने प्रतिबन्ध प्रतिबन्धसहित छुटियो!सक्रिय गतिविधि जारी राखियो!पुनः पक्राउ पुर्जी जारी भयो भागियो!यही हो म कम्युनिष्ट भएको का पुष्पलाललाई समर्थन गरेर!पछि कालान्तरमा मार्क्सवादको अध्ययन, विश्लेषण मूल्याङ्कन गर्दा मार्क्सको राज्य व्यवस्था,समाज व्यवस्था र पारिवारिक व्यवस्था गलत पाइयो!मैले आफूले पाएको बुझेको कुरा का पुष्पलाललाई भने, “माल्दाई !म कम्युनिष्ट पार्टीको नेतृत्व लिन चाहन्न किनकि यसको राज्य विहीन, वर्ग विहीनको अवधारणालाई सिद्धान्तत स्वीकार गर्न सक्दिन, यिनको विचार सिद्धान्त दर्शन दृष्टिकोण सभ्य मानव समाज बिरुद्ध छ!”का पुष्पलाले डाक्टर जिलसको “नयाँ वर्ग “भन्ने किताब पढ्ने सुझाव दिनु भयो!मैले पढें!मलाई चित्त बुझेन!त्यसैले म कम्युनिष्ट नेतृत्वको प्राप्तिको मरिहत्ते चरित्रतिर लागिन!यो सत्य का पुष्पलाललाई थाहा थियो र पनि उहाँले मलाई स्वतन्त्र चिन्तनको छुट दिनु भयो!यो उहाँको नेतृत्वको महान् आवश्यक गुण हो!यही सत्य बोधले उहाँलाई मैले सिद्धान्तनिष्ठ आदर्श नेता मानेको छ!

तिमी राष्ट्रवादी छौ, कहिले काँग्रेस हुन्छौ !?

कुनै समय थियो मेरो बसाई भएको स्थानमा का पुष्पलाल बिरोधिको प्रवेश निषेध थियो!मेरो मान्यतामा जसलाई मानिन्छ, समर्थन गरिन्छ दिलले मान्नुपर्छ!मैले यो मर्यादाको सम्मान एवं पालन वर्तमानसम्म कायम राखेको छ!राजनीतिक मर्यादालाई ध्यान दिएन भने राजनीतिको धर्मानुसार विकास हुँदैन।आदरणीय बिश्वेश्वर प्रसाद कोइरालासँग मेरो राजनीतिक सहकार्य, सहचारिता नभए पनि काशी बनारसमा मात्र नभएर काठमाडौं चावहिलमा समेत भेट भएको हो!वाराणसी सारनाथमा आदरणीय सान्दाजुको बसाई त्यहाँ धेरै पल्ट उहाँले बोलाएर गएको छु!रथयात्राको अल्पकालीन बसाइमा पनि म भेट्न गएको छु!जतिपल्ट मेरो भेट भयो उहाँको यौटै भनाइ हुन्थ्यो, ” तिमी राष्ट्रवादी छौ, कहिले काँग्रेस हुन्छौ, !?”जनमत सङ्ग्रहको बेला म नै का बलराम उपाध्यायको प्रस्ताव लिएर आदरणीय सान्दाजुलाई भेट्न काठमाडौं आएँ र चावहिल गएँ!उहाँलाई का बलराम उपाध्यायले पठाएका प्रस्ताव भन्दा उहाँको स्पष्ट भनाई रह्यो, “”जनमत सङ्ग्रह यौटा लोकतान्त्रिक पद्धति हो यसमा कुनै शर्त राख्न हुँदैन, सामान्य रुपमा भाग लिनुपर्छ, तिमीहरूलाई बाहिरबाट सहयोग हुन्छ सहकार्य हुँदैन, कम्युनिष्टसंग यौटा मञ्च बन्दैन——‐”!म आफैं साक्ष्य भएकोले वर्तमानसम्म मैले आफ्नो बुझाई यथावत राखेको छु!का पुष्पलाल र आदरणीय बिश्वेश्वर प्रसाद कोइरालालाई राजनीतिक धर्म अनुसार मर्यादामा राखेर सम्मान गरेको छु!का पुष्पलालको नेतृत्वको ने क पा त सक्रिय भएर औपचारिक अनौपचारिक हैसियतमा काम गरेको सत्य हो!आदरणीय बिश्वेश्वर प्रसाद कोइरालासँग यौटा मञ्चमा उहाँको आज्ञाले आफ्नो विचार प्रस्तुत गरेको छु!त्यसैले यिनै दुई आदरणीय प्रिय नेपालीहरूलाई राजनीतिक धर्मानुसार राज नेताको हैसियत प्राप्त आदरणीय नेपाली स्वीकार गरेको छ!वर्तमान समयमा आदरणीय प्रिय दुवै नेताको मूल्य आदर्श अनुसारको राजनीतिक दल नेपालमा छैन!दूवैलाई सामान्य पदार्थ झैं क्रय विक्रयको व्यापारिक विषय बनाइएको छ!

ताजा अपडेट