
झकीझकाउ मन्च सम्पूर्ण रुपले पूर्ण सुरक्षित नै थियो । कुनै अतिवादी वा आतंकवादी प्रहारको निसानामा पनि थिएन कार्यक्रमस्थल । कुनै बम बिस्फोट भएको पनि हैन, न त कतैबाट बन्दुक नै दागिएको थियो । सुन्दर पोखरामा फागुन ३ गते शनिवार दिउँसो भएको बेलुन दुर्घटना एउटा प्रायोजित वा ग्राईन्ड डिजाईन पनि थिएन शायद । किन की यो स्तरको आत्माघाती अपराध कम्तिमा नेपाली माटोमा भित्रिएको छैन । तर पनि शनिवार वर्ष सन् २०२५ लाई पोखरा भ्रमणको वर्ष बनाउने प्रण र प्रतिज्ञा ईमानका साथ दोहोरयाईरहेको पोखराले अकल्पनीय, दुखद र क्षतीपूर्ण दुर्घटनाको सामना गर्नु पर्यो ।
हो, सन्दर्भ थियो, पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने । कार्यक्रम सभ्य र भव्य रुपमा भैरहेको पनि थियो । तर उदघाटनकै क्रममा बेलुन विस्फोट भएपछि कार्यक्रमका भिआईपीहरु नै घाईते हुँदा, पोखरा भ्रमण वर्षको उदघाटन नै दुखद बन्न पुगेको छ । कसैले आक्रमण नगर्दा पनि, कडा सुरक्षा घेराभित्र बस्दा पनि आयोजक र प्रमुख अतिथि प्रमुख नै घाईते हुने एक अकल्पनीय दुर्घटना भएको छ, पोखरा भ्रमण वर्षको उदघाटन समारोहस्थलमा । हो, मान्छे दुर्घटनामा पर्न कुनै बेर लाग्दैन भन्ने दुखद उदाहरण पनि हो पोखराको शनिवारको दुर्घटना ।
देशको संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेल र देशको सबसे ठूलो र सुन्दर भूगोलको पोखरा महानगरका मेयर धनराज आचार्य अहिले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छन । उनीहरुको स्वास्थ्यस्थिति खतरामुक्त रहेको अस्पतालले पछिल्लो विज्ञप्तीहरुमा जनाईरहेको छ । स्वास्थ्यमन्त्री प्रदिप पौडेलले अग्नीपीडित बिमारीको उपचारमा कुनै कसर नराख्न निर्देशन दिएका छन । गृहमन्त्रीदेखि राजकीय अधिकारीहरु घाईतेको सीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन । अस्पतालको पछिल्लो अपडेटले अर्थमन्त्री पौडेल र मेयर आचार्य छिट्टै निको भएर फर्कने आशा जगाईरहेकै छ ।
अर्थमन्त्री पौडेल र मेयर आचार्यको दुर्घटना प्रसंगले नेपालका सार्वजनिक समारोहहरुको आयोजनामा हुने तामझाम र सुरक्षा मामलामा नदेखाईने संवेदनशीलताको नराम्रो पाटो पनि एकसाथ उजागर गरेको छ ।
ग्याँस भरिएका बेलुनहरु जलीरहेको अग्नी झिल्काको वरपरी पर्नेगरी प्राविधिक सेटअप मिलाउने आयोजकहरुको भूमिका प्रश्नको घेरामा परेको छ । किन भने यो फगत एक प्राकृतिक दुर्घटना नभएर, तामझामका साथ कार्यक्रम गर्ने भद्धा नेपाली शैलीको परम्पराले निम्त्याएको मानवसिर्जित दुर्घटना हो । आयोजकको पनि दिमागको बक्ति जलाईदिने यो दुर्घटना भावी दिनमा यस्तै कार्यक्रमहरु आयोजना गर्ने अन्य कैयन कैयनका लागि यो निकै महंगो पाठ पनि हो । ग्याँसले भरिएका बेलुनको झुप्पा झिल्का निकाल्दै पडकाइएतिर आएसंगै दुर्घटना भएको जुन दृश्यहरु सार्वजनिक भएका छन, यसले यो आयोजकहरुले आगो र ग्याँससंग गरेको खेलाँची वा असावधानी बाहेक अहिल्यै अरुथोक हो भन्ने अवस्था छैन । भलै शंकाको सुविधामा मानिसले अनेकन अडकलबाजी गर्न सक्ने नै भए ।
पोखरा भ्रमण वर्षको उदघाटनमा देखिएको यो दुर्दान्तपछिको स्थितिले चाहि देशको संघीयताको अर्को दुरुह तस्विर पनि देखाउँछ । देशका अर्थमन्त्री र एउटा शक्तिशाली महानगरका मेयर आगजनीको अनपेक्षित दुर्घटनामा पर्दा उनीहरुको उपचार गराउन सिंगो गण्डकी प्रदेश र पोखरामा वा नजिक कतै वर्न अस्पताल भेटिएनन् । हेलिकप्टर मार्फत भिआईपी घाईतेहरु काठमाण्डौं ल्याएर कीर्तिपुर वर्न अस्पतालमा उपचारका लागि लगियो । गणडकी प्रदेशमा पट्क पट्क मुख्यमन्त्री धेरैजना बने । मन्त्री त कति भए भए । तर पंचायतको पतन वा २०४६ सालको परिवर्तन वा २०६३ को जनआन्दोलनका डेढ दशकमा पनि अहँ त्यही पोखरामा राज्यले बनाएन एउटा वर्न अस्पताल । बने नेता मन्त्री, मुख्यमन्त्री, माननीय र ठूलाठूला आहोदाधारी तर कसैले त्यति ठूलो शहरमा, प्रदेशमा वर्न अस्पतालको कहिल्यै जरुरत देखेन । सुन्दर पोखरा महानगरले कति पायो मेयर तर पाएन वर्न अस्पताल बनाउने चेत भएको जनप्रतिनिधि ।
पोखरा दुर्घटनामा कुनै सर्वसाधारण घाईते भएका भए के उनीहरुलाई पनि यसैगरी हतार हतार हेलिकप्टरबाट कीर्तिपुर पुरयाईन्थ्यो ? यो अर्कै पाटो हो । मुल पक्ष एउटा सिंगो प्रदेशमा एक वर्न अस्पताल समेत नहुनु डेढ दशक लामो संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संघीय नेपालको बेरुप यथार्थ हो । गणतन्त्र साँच्चो अर्थमा नागरिकको जीवन दैनिकी वा सरोकारका आधारभूत जगसम्म नपुगेको यो ताजा उदाहरण हो, जुन दुखद छ ।
तत्कालिन राजा ज्ञानेन्द्रलाई राजनीतिक चक्रव्यूहमा फसाएर देशमा सरकारले ७ प्रदेश त बनायो, तर प्रदेश सरकारमा नागरिकका लागि चाहिने अत्यावश्यक पूर्वाधारहरु निर्माण अनि त्यसमा जनताको लाभका लागि व्यवहारिक पहुँच नबनाउने हो भने संघीयता साँच्चै जनताका लागि हात्ति आयो हात्ति आयो फुस्सा जस्तै किस्सा नहोला भन्न सकिन्न । देशका अर्थमन्त्री र महानगरका मेयरले जलेर घाईते हुँदा उपचारका लागि ठाउँ नपाएको आजको गण्डकी प्रदेश, पोखरा महानगर वा गाउँ गाउँको सिंहदरवार जनताका लागि व्यवस्था बदलिएको र नागरिकको अवस्था २० को १९ पनि नभएको क्रुर यथार्थको चित्रण नै हो ।
अहिले अनुहार जलेका देशका अर्थमन्त्री वा महानगरका मेयरका घाउहरुमा दुखिरहेको पीडा केन्द्रीकृत संघीयताको उपहास पनि हो । अर्थमन्त्री र मेयरको अनुहारको घाउ त उपचारपछि खाटा बस्ला तर केन्द्रीकृत संघीयताका घाउ पुर्न भने यो संविधान र व्यवस्थाका हिमायती दलहरुले अब भुल्नु हुदैन की ? अप्रत्याशित भएको ऋग्नी दुर्घटनाकाण्ड अहिले देशकै व्यवस्था, संविधान र राजकीय नेतृत्वका लागि एक खराब, महंगो सबक पनि हो ।
यो दुर्घटनाबाट तंग्रिएपछि मेयर आचार्यले पोखरा महानगरमा, अर्थमन्त्री पौडेलले सके ७७ जिल्लामा नभए पनि सातै प्रदेशमा वर्न अस्पताल स्थापना र संचालनका लागि अग्रसरता लिएमा मात्र यो दुर्घटनाको सही क्षतीपूर्ति हुनेछ । संघीयताको सार्थकता वा प्रदेश स्थापनाको औचित्य प्रमाणित हुनेछ । किन भने अब बोल्ने हैन, हर नागरिकले आआफ्नो थातथलोमा महसुस गर्न सक्ने परिर्वतन चाहेका छन । देशभर वर्न अस्पताल निर्माणको आक्रामक नयाँ अभियान यही दुर्घटनबाट श्रीगणेश हुन सके मात्रै यस्ता क्षतीहरुको, पीडाहरुको, दुखहरुको स्थायी समाधान हुन्थ्यो ।अन्यथा यो बिर्सनलायक दुर्घटना शिवाय के नै होला र ?