+

विप्लवको अनुकरणीय क्रान्ति मोडल

१७ फाल्गुन २०८१, शनिबार १७:२७

उज्यालो नेपाल टिप्पणी ।
भन्नलाई जे भनिदिए पनि हुन्छ । समर्थन वा विरोध जे गरिदिए पनि हुन्छ । तर, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले कालीकोटमा सुरु गरेको व्यवसायिक भेडापालन नेपाली कम्युनिष्टहरुका लागि अनुकरणीय काम नै हो । विप्लवको अनुकरणीय काम हिरक वर्ष मनाईसकेको नेपाली कम्युनिष्ट आन्दोलनलाई एउटा रचनात्मक क्रान्तिको नयाँ रोडम्याप नै हो । बन्दुकको नालबाट सत्ता खोज्ने अभ्यासलाई नै क्रान्तिको मूलबाटो भन्ने रुझानबाट अघि बढेका नेपाली कम्युनिष्टहरुले अब बन्दुकको बदला कुटो कोदालो, भेडा तथा पशुपालन, कृषि, व्यापारबाट पनि युग सुहाउँदो क्रान्ति गर्न सक्छन भन्ने मानक पेश गरेका छन, उनै हिजोका जनयुद्धकालिन युद्ध कमाण्डर विप्लवले ।
बोक्नलाई विप्लवले २०५२ देखि २०६२ को दशकमा बन्दुक बोकेकै हुन । तत्कालिन माओवादी जनयुद्धका एक युद्ध कमाण्डर नै हुन । मओवादी शान्ति प्रक्रियामा आएपछि उनले मूल नेतृत्वसंगै संसदीय भाषमा आफूलाई समाहित गरेन्न । एकीकृत जनक्रान्तिका लागि पार्टी फुटाएर, पुर्नगठन गरेर आफ्नै खाले संघर्ष गरेकै थिए । जनयुद्धदेखिशान्ति राजनीतिसम्मको लामो राजनीतिक उकाली, ओराली र घुम्तीहरुमा विप्लवले जय विजय, जस अपजसका काम गरेको तथ्य खुल्ला किताब सरह छ । यो उनको राजनीतिक यात्राको समीक्ष्ाँको फरक पाटो हो ।
तर पछिल्ला वर्षमा आफ्नै नेतृत्वमा नेकपाको पुर्नगठन गरे यता विप्लवले कम्युनिष्ट क्रान्तिलाई उत्पादन क्ष्ँेत्रसंग जोडेर जुन अभ्यास गरिरहेका छन, यो उनको युद्धकालिन प्रचण्डपथ भन्दा पनि बढी मौलिक र रचनात्मक क्रान्ति मार्ग हो । कम्युनिष्टहरुले पाखुरीको पौरखमा नै उत्पादन गरेर आर्जन र जनसेव ागर्न सक्नुपर्छ भन्ने यो विप्लव सन्देश हो । यो सन्देश बदलिएको युगमा विश्व कम्युनिष्ट आन्दोलनले खाएको धक्कामक्काको रचनात्मक प्रतिकार र प्रतिरक्षा अभियानको झिल्को पनि हो ।
विप्लवले जुम्लामा स्याउ खेतीको शुभारम्भ गरेर होस वा सामुहिक धान खेती गरेर वा राजधानी काठमाण्डौंका सि मार्ट संचालन गरेर नै किन नहोस, आफ्नो पार्टी जनताको सामु कोरा कम्युनिष्ट सिद्धान्त मात्र लिएर हैन, पसिनाको पौरख लिएर जनतालाई नयाँ सन्देश दिएकै थिए । अहिले राजधानी काठमाण्डौंलाई पस्ठ फर्काएर बसेको जिल्ला कालिकोटमा व्यवसायिक भेडा पालन गरेर उनले दुरदराजका जनतामा उत्पादनको नयाँ नजिर बसालेका छन ।
सानै तहमा सुरु उनको यो शुभकर्म राजनीतिक दलहरुका लागि पनि प्रेरणा हो । दल भन्ने बित्तिकै घुस खाएर पैसा कमाउनुपर्छ भन्ने अहिलेको बिकृत राजनीतिक अभ्यास विरुद्ध यो विप्लवको शालिन बिद्रोह पनि हो । विप्लवले क्रान्तिलाई बन्दुक बाहेक विचार बाहेक श्रम, सीप र उत्पादनसंग जोडने नमुना देखाएर नेपाली वाम क्रान्तिको नयाँ शैली स्थापित गरेका छन ।
विप्लवका अवगुणहरु होलान । किन की उनी पनि आम एक मान्छे हुन । तर जनयुद्धदेखि आजका मितिसम्म विप्लवले आफूलाई सत्ताको स्वादमा सिंहदरवारमा झुम्मिने लालसा राखेन्न । युद्धकालदेखि नै माओवादी सुप्रिमो प्रचण्डका विश्वासिला विप्लवले चाहेको भए साँसद, मन्त्री वा राजकीय पदमा एकपट्क हैन, पट्क पट्क बाजी मार्न सक्थे । तर उनले राजकीय वा लाभका पदमा आफूलाई कहिल्यै पनि लालायित देखाएन्न । उनले जनयुद्धलाई शान्ति राजनीतिमा अवतरित गराउँदा तत्कालिन माओवादी जनयुद्धले खेप्नु परेका क्षतीहरुको संष्लेषण गरेर बदलिएको युग अनुकुल बन्दुकको बदला श्रम र उत्पादन संवन्धित क्रान्तिको नयाँ थालनी गरे । यही हो जनताले विप्लवलाई धन्यवाद दिनुपर्ने पाटो ।

थप विप्लवको भनाई भिडियोसहितःhttps://www.tiktok.com/@pratipaksha/video/7476895946765307143