सोम बिक्रम सिंह ।
कहाँबाट तथा कुन कुनाबाट किन वाईहात कुरा फैलाईन्छ, कुरा बुझ्नै गाह्रो। यहाँ आफै हिरो हुन खोज्ने जमात ठुलो छ। राजा भन्दा महाराज हुन खोज्ने ले अभियान नै फितलो होईन कि झुठ को खेती गरेर धमिलो पानीमा माछा मार्न खोजिएको देखिन्छ। राजा तथा राजसंस्था ले झुठको खेतीको भर पर्न कुनै जरूरी छ जस्तो लाग्दैन। राजसंस्था भनेको सरल, सहज, शक्ति, मृदुभाषी, धर्मभिरु, कर्तव्यपरायण, कर्मनिष्ठ तथा सत्यको प्रतिक हो। राजसंस्था लाई कुनै पनि हालतमा नजरबन्दमा राख्ने यो सरकारले कुचेष्टा गर्दा पनि गर्दैन र यो उनिहरुको दम भित्र पनि पर्दैन, कुनै पनि हालतमा उनिहरू राजालाई नजरबन्दमा राख्ने पक्षमा पनि छैनन्। यहाँ बुझ्नु पर्ने कुरा के हो हिरो बन्न र जनता ओसार्न राजसंस्था ले झुठको खेती गर्न पर्दैन। तर कुरा यति हो जनता प्रताडित भईसके, देश चुर्लुम्म डुब्न लागिसक्यो। यो जनताको मन मस्तिष्क मा पुग्न जरूरी छ। हजार पल्ट लेखिसकें, बोलिसकें र फेरि पनि भन्छु जनताले विवेकशील भई चेतनाको बिर्को खोल्न अत्याबश्यक भईसक्यो। जनता जाग्न जरूरी भईसक्यो। यो दलाल, दास, गुलाम, बिदेशीको भरिया, लुटेरा, लम्पसार वादी तथा बिदेशीको तलुवा चाटुवा ले देश थिलोथिलो पारिसके।
यो देश बचाउन किन कसैले आव्हान गरिरहन पर्यो, जन्तु होररु नासमझ हो र, दिनहूँ पिच्छे जाग जनता जाग भनेर झक्झकाई रहन पर्नेरु जन्तु हो भने पो दाम्लो निकालेर लट्ठीले कुटेर धपाउन पर्ने त, जागृत जनता हो भने आफै बुझेर अब ूसत्यलाई साथू भनेर जुरूक्क मुट्ठी कसेर शत्रुलाई दबाउन उठ्न परेनरु श्री ५ महाराजाधिराज ज्ञानेन्द्र विर विक्रम शाहदेव सरकारबाट २०८१ साल फाल्गुन ६ गते साँझको फाल्गुन ७ प्रजातन्त्र दिवसको अवसर मा शुभकामना सन्देश बक्सेको पुर्ण पाठ लाई निहाल्ने हो भने कतिको गहिराईमा देश प्रति चिन्ता जताई बक्सेको छ। महादेवको देशमा शाहदेवद्वारा राज्य संचालन भएको सुन्दर शान्त विशाल नेपाल आज रोइरहेको अबस्था छ।
बि।सं। २०४६ साल देखि यो देशमा बिदेशी भँडुवा हरूले बिभीन्न तन्त्र को नाममा खेल्नु खेलिरहेको छ। नेपाल भने जात, क्षेत्र, लिङ्ग, अधिकार, बर्गको नाममा उथलपुथल भईरहेको छ। युएसएडको डलरमा कलाकार, साहित्यकार, पत्रकार, नेता तथा मानव अधिकार र महिला वादीहरूले कसरी देशमा आपसी द्वन्द भड्काई समाज बिथोलीरहेको छ भन्ने त छर्लङ्ग भइसकियो होइन ररु अनि किन त नेपाली जनता भड्केको आत्मा झैं भड्किरहन पर्यो तरु आफै बुझेर छर्लङ्ग भईसके पछि कसैको आदेश कुरिरहनु पनि पर्दैन र झुठको खेती आवश्यकता पनि पर्दैन तथा कुनै साईबर सेनाको पनि जरूरत छैन।
एउटा महत्त्वपूर्ण कुरा के हो भने मुमा बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह सरकार को उमेर नव्बे काटेर सयमा पुग्न थालिसक्यो। श्री ५ युवराजधिराज पारस बिर बिक्रम शाह देव सरकारलाई यो पटक समेत चार चोटी हार्ट आट्याक भईसक्यो। श्री ५महाराजधिराज ज्ञानेन्द्र विर विक्रम शाहदेव सरकार को भन्ने हो भने ईतिहास देखि आज सम्मका राजा मध्ये धेरै उमेर सम्म बाँच्ने राजा मध्ये मा परिबक्सन्छ। यहाँ तीन पात्र लाई हेर्दा प्रत्येक नेपालीको मनमा के आउन सक्छ होलारु यो अचम्मै होइन त यी तिनै पात्र धेरै बाधा, अबरोध, अड्चन, पिर, स्वास्थ्य, दुख मा पर्दा पनि अझै बाँच्ने चाहनाका साथ अघि बढिरहिबक्सेको। अबश्य पनि मुमा बडमहारानी सरकारले फेरि पनि राजसंस्था पुनर्स्थापना भएको नजर गर्न सकिबक्सने र सरिक हुने मौका पाईबक्सने छ भने श्री ५ पारस सरकारले आनो बुवालाई गद्धि आरोहण गर्न साथ दिन सफल होइबक्सने छ भने श्री ५ ज्ञानेन्द्र सरकार तीन चोटी गद्धी आरोहण गरि चक्रवर्ती राजा हुने सौभाग्य पाईबक्सने छ आगे श्री ५ नव युवराज ह्रदयेन्द्र सरकारले सम्पुर्ण राजसंस्थाको गतिविधि मा सरिक हुने सुवर्ण अबसर पाईबक्सने छ। यो चारै पुस्ताको लागि ऐतिहासिक मोड हुने छ भने जनतालाई पनि ऐतिहासिक समयको मुकदर्शक हुँदै सुनौलो अक्षर ले कोर्ने अबसर मिल्ने छ। यो चाँडै आउँदै गरेको समय नै ईतिहासको साक्षी हुने साँच्चिकै बिरलै स्थापित हुने युग मध्येमा पर्नेछ। हामी बि।सं।
२०८२ साललाई एैतिहासिक बर्षको रूपमा स्वागत गर्नमा आत्तुर हुन जरूरी छ। यो दिग्विजय अब सत्यको हुने छ, असत्य तथा असुर धरासायी हुने नै छन्। कसैले भ्रम नपाले हुन्छ, फेरि पनि त्यहि बिभीन्न तन्त्र को नाममा सत्तामा पुग्ने छु भनेर। सुन्य समयलाई नेतृत्व दिन नै राजा ज्ञानेन्द्र द्वारा साथ मागि बक्सेको हो कसैको सुझाव होइन। यहाँ सेनाले देश को नेतृत्व लिन पर्छ भन्ने भ्रमबाट पनि मुक्त हुन जरूरी छ। सेना सुरक्षा अङ्ग, न्यायालय, राष्ट्र सेवक कर्मचारी सबै राष्ट्रका संयन्त्र हुन् र देशभक्त राजसंस्था लाई नै साथ दिनेछन् र दिनैपर्छ। यहाँ प्रत्येक संयन्त्रको भ्रष्ट तथा दास मानसिकता र र दलाल पङ्क्ति साफ गर्नैपर्छ। देशको न्यायालय नै अन्यायलयमा परिणत भएको बखत यो अन्यायलयको सरसफाइको पनि जरूरत छ। ब्रिफकेस दिएर पार्टीबाट चुनिएका र माफिया तथा जग्गा दलसँग मिलोमतोमा सेटिङ्गको भरमा काम गरेर जनताको जग्गा मा अन्यायपूर्ण फैसला गरेको कुनै २०४६ साल देखि यताको मुद्धामा पुनर्पुनरावलोकन हुनेछ।
एउटा बलियो संयत्र वा कमिशन बनेर यसले फैसला गर्ने म्याण्डेडका साथ पाएर न्याय दिने बाताबरण बन्ने छ। देशका सबै भ्रष्ट तथा दलाल जेलमा आजिवन जाक्किने मात्रै होइन कठोर बन्दि जिवन बिताउन बाध्य बनाइने छ र सामाजिक बहिस्कार गरिनेछ। ए१ गणे हो यसलाई कुनै खेंलाचि नसोचे हुन्छ, नव परिवर्तनकारीको आन्दोलन जब तिमीहरू बिरूद्ध ज्वारभाटा भई जाई लाग्ने छ नी त्यति बेला तिमीहरूको अस्तित्व नै निमिट्यान्न हुने छ। यो प्रण हो, भिष्म प्रतिज्ञा हो, यो हाम्रो कटिबद्ध र प्रतिबद्धता हो। यहि आउँदो फागुन २५ गते, समय ३।०० बजे फाल्गुन शुक्ल दशमी आइतबारको दिन श्री ५ महाराजधिराज ज्ञानेन्द्र बिर बिक्रम शाह देव सरकारको कास्की जिल्ला पोखराको तथा अन्य जिल्लाको शक्तिपिठको दर्शन गरि काठमाडौं फिर्ती सवारी हुने कार्यक्रम रहेको हुँदा सम्पूर्ण वैदिक सनातन, राजसंस्था, मौलिकता, धर्म संस्कृति, परम्पराका रक्षार्थ अहोरात्र खटिनु भएका राष्ट्रवादी संघसंगठनका देशभक्त नागरिकहरु लाई ूसत्यलाइ साथू भन्ने मुल नारालाई गुञ्जायमान गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बृहत उपस्थितिको लागि राष्ट्रिय सरोकार मञ्च नेपाल हार्दिक आह्वान गर्दछौं। ॐ जय श्री शिव गोरख। जय कर्मनिष्ठ। जय मुक्ति अभियान। जय देश जय नरेश। ईति। (अध्यक्ष, राष्ट्रिय सरोकार मञ्च, नेपाल )


