सोम विक्रम सिंह । प्रदिप राणा दाई बालाजुमा बसेर जग्गा को काम गर्ने, स्थानीय नै हुन्। अहिले उनि गन्तव्यहिन राजनितीमा लागेका छन्। चर्चामा मात्रै आउन चाहने उनि केहि न केहि उट्पट्याङ गरिरहन्छन्। कमल थापा बिरूद्ध लडेर चर्चामा आएका उनि चुनाव लगत्तै हराएर गए। प्राय अड्डा अदालतमा देखिने उनिसँग कतिको राजनिती सुझबुझ छ, त्यो अबगत नै हो। मेरो दाईको सँगत भएको हुनाले मैले सम्मान गर्थें।
एकपटक पारस सरकारको विषयमा हामीले र्याली निकाल्दा उनलाई मैले दाई कमलाक्षी गणेश थान को रूट जाउँ है, यस्तो किसिमको निर्देशन आएको छ भन्दा हुन्छ भने। हामीले र्यालीलाई त्यहाँ पुराए पछि अकस्मात रूट चेञ्ज गरेर हामीलाई ट्वाँ नै पारिदिएका व्यक्ति हुन्। तत्कालीन समयमा मैले फोनमा नराम्ररी नै अपशब्द निकालेर गाली गलौज मा उत्रन परेको थियो। पछि मेरो दाईले भनेपछि सम्मान नै गरेर बिषयलाई टुङ्गोमा पुराएको थिएँ। उनि पैसा खर्च गरेर भएपनि चर्चामा आउन सकिन्छ त्यहि ध्याउन्नमा हुन्छन्। उहाँको साँठगाँठ को सँग हुन्छ पत्तै पाईन्न।
अहिले “जनताको साथ राजसंस्था लाई” मान्यतालाई अपार जन समुदाय एअरपोर्ट देखि निर्मल निवास सम्म फुलमालाले बिजय र्याली झैं लगेको थियो। सबै राम्रो भएको थियो, हामी उत्साहित थियौं खुसी र उमङ्गले अपार सफल भईयो भनेर गदगद थियौं। अचानक एउटा फोटोले झस्क्याई दियो। खासमा त्यो फोटो राख्न त मन थिएन तर मनिसमा कन्फ्युजन हुन्छ भनेर मात्रै राख्न बाध्य भएँ। तारन्तार साथीभाई, अग्रज र पत्रकार को फोन र सोधपुछ ले पो झस्याङ्ग भईयो। कस्तो गोबर बुद्धि होला, उनलाई मन पर्ला आदित्यनाथ, तर के मन पर्यो भन्दैमा चर्चामा आउन माईकल ज्याक्सन, पेले, अमित खान, ट्रम्पको फोटो राखेर जयजयकार गर्ने। अझ बाईक बाईकमा स्टिकर राखेर पनि हिंडेको भन्ने सुनियो।
सामान्य उध्येश्य पनि नबुझ्ने गुखाने मान्छेले के राजनिती गर्नु? गोबरको बुद्धीले हिजोको राजसंस्थाको वाहवाहीमा पानी हाल्नदिने काम गर्यो। प्रदिप राणाले कुन डिजाईन अन्तर्गत यस्तो राष्ट्रघाती तथा देशद्रोही काम गरे, यसको जबाफ चाहिन्छ। मैले हिजो देखि फोनमा कुरा गर्न प्रयास गरेको छु। उनि स्विच अफ गरेर बसेका छन्। दाई भनेर सम्बोधन गरेर चेतावनी दिन चाहन्छु, यसको नतिजा कुनै पनि हालतमा राम्रो हुने छैन, तपाईँको गल्ति क्षम्य हुने छैन।
तपाईँको यो घोर अपराधलाई हामी माफि दिनेवाला छैनौ। हजुरले कस्को निर्देशनमा यो निन्दनीय काम गर्या हो, जवाफ चाहियो, जवाफको भागिदार हो, अब। एउटा लाज हुने पर्ने हो बिदेशीको फोटो राखेर राजसंस्था र वैदिक सनातनीको नारा बोक्न। एउटा गल्ती गरेर त्यसलाई ढाकछोप गर्न हजार गल्ति गर्नु भन्दा आएर बिषय टुङ्गाउन नै उत्तम होला। जय कर्मनिष्ठ। जय मुक्ति अभियान। ॐ जय श्री शिव गोरख।
(अध्यक्ष, राष्ट्रिय सरोकार मञ्च नेपाल ।)
(अध्यक्ष, राष्ट्रिय सरोकार मञ्च नेपाल ।)




