+

राजालाई सत्तोसराप गर्ने मान्छेहरू आज राजा आउ देश बचाउको अग्र भुमिकामा ?

८ चैत्र २०८१, शनिबार ११:०७
सोम विक्रम सिंह । राजसंस्था पुनःस्थापना र निरन्तरताको लागि जुनसुकै स्थानमा एउटा साधारण व्यक्तिले पनि र्याली, धर्ना र जुलुस गरे उत्साहित भएर हजारौ जनता जुर्मुराएर आफसे आफ निस्कन्छन्। यस्तो माहौल देखिन्छ बरू जनता राजा समर्थकहरूले कहिले कार्यक्रम निकाल्छन् भनेर कुरिरहेका हुन्छन्।
एकताका राजालाई सत्तो सराप गर्ने ग्यानेन्द्र शाही होस् वा दुर्गा प्रसाईँ, राजा होइन हिन्दु राष्ट्र सम्म भन्न सकिन्छ राजाको नाम लिन हुन्न भन्ने धवल शमसेर दाई, गणतान्त्रिक व्यवस्थामा पुगिसक्यौं राजसंस्था ईतिहास भईसक्यो भन्ने रविन्द्र मिश्र, गणतान्त्रिक व्यवस्था भन्दा उच्च व्यवस्था केहि छैन भन्ने रोहित (बिजुक्छे) तथा सिपी मैनाली होस् वा राजसंस्था बहिर्गमन पछि राजाको नाम लिए हामीलाई पनि सिद्धाउँछ, हामी बरू सुरक्षित स्थान खोजेर पलायन हुनपर्छ भन्ने शाही नातेदार तथा उनका नजिकका मान्छेहरू आज राजा आउ देश बचाउको अग्रमी भुमिकामा रहेका छन्।
हामी राष्ट्रवादी शक्ति डग्न हुन्न राजसंस्था अपरिहार्यता हो र यसको संरक्षणमा लाग्नुपर्छ भनेर ६० साल देखि अभियानमा लाग्दै गरेका मध्येमा पर्छौं। मुक्ति अभियान, राजा सहितको गोलमेच सम्मेलन, संबिधान सभाको चुनाव बहिस्कार र कर्मनिष्ठ अभियान चलाउने राष्ट्रिय सरोकार मञ्च नेपाल आज सम्म अनेक बाधा अवरोध, अड्चन, दरबारका केहि व्यक्तिको हेपाई तथा चेपाईको बावजुद र हाम्रो अभियानलाई तिरस्कृत गर्न दरबारका केहि व्यक्तिद्वारा उचालेर खोलेको संघ संगठनको बिरूद्ध भौतिक रूपले लडेर पनि अटल रूपले लागिरहेका छौं। शायद २०६२/६३ पछि राजसंस्था लाई नेपाली जनतासँग जोड्नको‌ लागि भगवानको सराहा लिंदै मठमन्दिरमा घण्टी बजाउँदै भएपनि जनतासँग सामिप्यता बढाउन जरूरी छ भनेर विरगञ्जमा श्री ५ युवराजधिराज पारस बिर बिक्रम शाह देव सरकारको जमर्को नगरेको भए आज को‌ दिनमा राजसंस्था सँग टाढा हुन खोजेको जमात सहजै राजा आउ देश बचाउ भन्दै नाराका साथ अग्रपंक्तिमा देखिन सहज हुन्थेन होला।
बिरगञ्ज भ्रमणमा‌ हामीले तत्कालिन जनसेनाको बम हान्ने, टाईम बम फिट गर्ने, जिपिएमजी फिट गरेर हान्ने र ग्रिनेडले भिडमा हानेर उडाउने धम्कि र हामी लाई‌ पारसको चुल्ठे मुन्द्रेको‌ संग्या दिंदै लोकल मिडीयामा छ्यापछ्याप्ती फोटो छापेर त्रास दिन नखोज्या पनि होइन। झनै तत्कालिन सरकार र स्थानिय सरकारले राष्ट्रिय सरोकार मञ्च नेपाल लाई कालो सुचीमा राखेर कार्यक्रम बिथोल्न खोजेर कुनै सुरक्षा दिन्न भन्ने हैकाम पनि चलाए।‌ जनयुद्ध को धकधकी र जनआन्दोलनको राप द्वारा हामीलाई भौतिक आक्रमण गर्ने चेतावनी नदिएका पनि होइनन्।‌
मेरो मुखबाट अब सुरक्षा जनताले‌ दिन्छ भनेर श्री ५ पारस बिर बिक्रम शाह देव सरकारलाई कन्भिन्स गर्न लगाएर अपारताका साथ कार्यक्रम सफल गरियो। मैले सोही समयमा जनता भेट्ने बहानामा घण्टी बजाउँदै राजा मठ मन्दिरमा भनेर लेख पनि लेखें, जुन अपार सेयर भएको लेख मध्येको थियो। सोही भ्रमण बाट उत्साहित हुँदै राजाको सुरक्षा जनताले गर्छ भन्ने पनि लेख लेखें। त्यसपछि श्री ५ ग्यानेन्द्र बिर बिक्रम शाह देव सरकार र युवराग्यी श्री ५ हिमानी शाहदेव सरकारको दोलखा भ्रमण पनि सफल पारियो।
तत्कालिन राष्ट्रिय सरोकार मञ्च नेपालको केन्द्रिय संयोजक प्रभञ्जन बहादुर सिंह व्याग्र वेद नाथ महाराजको आँट र हालका केन्द्रिय उपाध्यक्ष शित्तल‌प्रताप सिंहको सुझबुझले सरोकारलाई एक पथमा हिंडाउन उच्चतम भुमिका खेल्यो। तत्कालिन समयमा धिरज सिंह, सुशिल सिंह, राजेन्द्र सिंह, जगत चन्द, हरी पाठक, सर्जु हाडा, राजकुमार थापा, रविन्द्र कार्की डव्वु, हेमन्त दाहाल, जस्ता अनेकौं साथीको एकदमै सहयोग रहेको थियो। आज सम्पुर्ण कर्मनिष्ठ अभियन्ता गोरखामा पुगेर श्री ५ ग्यानेन्द्र बिर बिक्रम शाह देव सरकारको ऐतिहासिक भ्रमणमा सहभागिता जनाई आफ्नो कर्तब्य लाई पुर्णता दिने कार्यलाई फेरि निरन्तरता दिएको प्रति हार्दिक कृतज्ञता जाहेर गर्ने चाहन्छु। कर्तव्यनिष्ठ तथा कर्मनिष्ठ र प्रतिबद्धता तथा कटिबद्धताका साथ लागि रहेका सम्पुर्ण राष्ट्रिय सरोकार मञ्च नेपालका पदाधिकारी र ‌सदस्यहरूले निरन्तर ज्यानको बाजी लगाएर होमिने अभियन्ता प्रति नतमस्तक हुँदै नमन गर्न चाहन्छु। जय कर्मनिष्ठ। जय मुक्ति अभियान। ॐ जय श्री शिव गोरख। जय गोरखकाली। (अध्यक्ष, राष्ट्रिय सरोकार मञ्च नेपाल ।)