सुरेश प्रसाद आचार्य ।
सन्दर्भ राजालाई जरीबाना तोक्ने महानगर
काठमाडौ महानगरपालिकाको मूख्य मूल सडक नै पूर्णतः २४ घण्टा अवरूद्ध गरी गणतन्त्रवादीको आम सभा गर्न स्वीकृति दिइ दिनभरी काठमाडौ महानगरका जनतालाई असुविधा पुऱ्याउन स्वीकृति दिने सिडियोलाई चाही अब कति जरिबाना तिराउनु हुने हो मेयर साहेब ?
यस पटक मेयर साहेबको निर्णय असान्दर्भिक देखियो !
किनकि, तीनकुनेको आमसभाको स्वीकृति सिडियो कार्यालयले जसलाई दिएको हो, उसलाई जरीवानाको पत्र पठाउनु पर्ने होइन र ?
लेनिनवादी, स्टालिनवादी नाम राखेर चलाएका समुह वा पार्टीलाई गर्नु पर्ने जरीवानाको पत्रहरू अबदेखि लेनिन र स्टालिनलाई पठाउने हुन् त हाम्रा लोकप्रिय बालेन मेयर साहेबले !
महानगरको कार्यालय अगाडि कसैले आचि गरिदिएछ भने त्यसो भए अब मेयर साहेबका कारिन्दाले मेयर साहेबलाई नै फोहोर पारेको बील पठाउने त ?
मिलेन यार, पटक्कै मिलेन तरिका!
राजावादीको आमसभाको स्वीकृति दिने पनि सिडियो कार्यालय नै हो ! तीनकुनेका सडकमा छरिएका टेयरग्यास तथा गोलीका फोसाहरूका लागि कसलाई जरिवाना ठेक्ने हो, कुन्नि ?
माइतीघरदेखि तातोपानीसम्मको सडक राष्ट्रिय राजमार्ग हो- जुन शायद नेपाल सरकारको सडक विभाग अन्तर्गत पर्दछ, त्यो महानगरपालिकाको क्षेत्राधिकार भित्र पर्दैन भने सडक विभागले जरीवाना गराउने कि महानगरपालिकाले ? हातोलाई भन्दा जॅातोलाई खस खस ! (स्रोतः आचार्यको फेसवुक ।)




