+

दिव्य संकेत र राजा ज्ञानेन्द्रको नेतृत्व: नेपालको धर्म र राष्ट्रको पुनर्स्थापना

२० बैशाख २०८२, शनिबार ०५:३८

नेपाल एक यस्तो देश हो, जसको अस्तित्व मात्र माटोको सीमामा होइन, आत्माको तहमा बस्छ। यो राष्ट्र केवल भौगोलिक सिमारेखा होइन, यो साक्षात् भगवान शंकरको सृष्टि हो। यहाँको प्रत्येक हिमाल, प्रत्येक नदी, प्रत्येक वन–जंगलमा ऋषिमुनिका तपस्या छन्, पूर्वजका बलिदान छन्, र राजाहरूका वचन छन्। तर आज त्यो नेपाल रोइरहेकि छिन्। कहिले कल्पना गर्न सकिन्थ्यो—पशुपतिनाथको देशमा भगवानको नाम हँसाइको विषय बन्नेछ?

कहिले विश्वास लाग्थ्यो—हजारौं वर्षको राजसंस्थालाई विदेशी योजनाले एकै झट्कामा मेटाइनेछ? जनताले आशामा सास फेरे—तर त्यो आशा धोका बन्यो। राजनीति आएन, व्यापार आयो। नेतृत्व आएन, दलाल आए। संविधान लेखियो, तर जनताको आस्था र आत्मा त्यसमा थिएन। ⸻ गणतन्त्र आएपछि १७ वर्ष भयो। तर १७ वर्षमा जनताले के पाए?

• बेरोजगारीले विदेशिन बाध्य भए

• महँगीले बाँच्न मुश्किल बनायो

• शिक्षा ब्यापार बन्यो, स्वास्थ्य क्षेत्र माफियाको हाथमा गयो

• न्याय अदालतमा होइन, पैसामा तोलिन्छ

• देशको भूमि, धर्मसंस्कृति , स्वाभिमान — सब एक–एक गरेर गुमाइँदै छ यी १७ वर्षमा जनताले केवल अश्रु र अपमान पाएका छन्। जब जनता बिचलित भए, राजा मौन रहनुभयो। उहाँले केही माग्नुभएन, केही घोषणा गर्नुभएन। तर उहाँ हरेक पीडामा जनताको छेउमै रहनुभयो—कहिले बाढीपछिको राहतमा, कहिले मन्दिरको दर्शनमा। जब जनता आफैं बोल्न थाले, जब राष्ट्र एक पटक फेरि आफ्नो पहिचान खोज्न थाल्यो— त्यही दिनदेखि क्रान्तिको सुरुवात भयो। फागुन २६ गते त्रिभुवन विमानस्थलको दृश्य केवल एक स्वागत थिएन—त्यो थियो दैवी संकेत। जनता रोइरहेका थिए, राजा मौन मुस्कानमा थिए।

नेताहरू कसैको नाममा नारा लाग्दैन, तर राजा ज्ञानेन्द्रको नामले हजारौंको मन रोइरहन्छ। राजसंस्थाले कहिले स्वार्थका लागि शासन गरेन। राजाहरूले सदैव राष्ट्र, धर्म र संस्कृति माथि जीवन अर्पण गरे। तर, यो गणतन्त्रमा जनता “शासक” भएन—प्रयोग भएको भरिया मात्र भयो। हिजो जसले “राजा फाल” भने, आज तिनैले सिंहदरबारको कुर्सीमा अरबौं खर्च गरे, खरबौं ऋणको भारी बोकाए। हिजो जसले धर्म हटाए, आज उनकै वंशजले इस्लामी र इसाई देशहरूसँग सम्झौता गरेर देशको अश्तित्व नै मेट्न लागी सके ।

हिजो जसले जनता उठाउने नारा दिए, आज ति र तिनका सन्तानले जनता लुटिरहेका छन् र देश सखाप पारिरहेका छन् । राप्रपा जस्तो पार्टी जनताको आशा बन्यो, तर नेतृत्वमा विघटन भयो। कोही सत्ताको लोभमा, कोही गुटको जालमा, कोही पदको सपना देख्दै आफ्नै जनताको भावनासँग खेल्दै गए। राजसंस्था कुन पार्टीको कुरा हो र? यो त राष्ट्रकै हृदय हो। यो त जनताको आत्मा र आस्था हो। जनताले नेताहरूमा विश्वास गुमाइसके। अब न पार्टी बाँकी छन्, न विकल्प।

अब जनताको दृष्टि फर्किएको छ — आकासबाट केही बर्षिने आशमा। अधर्मीको दण्ड: दैवी न्याय अब दैवीक न्यायले अधर्मको सामना गर्ने समय आएको छ। जो व्यक्तिहरू धर्म, सत्य र राष्ट्रियता विरुद्ध खडा भएका छन्, उनीहरूलाई दैवीक शक्तिको प्रतिशोधको सामना गर्नुपर्नेछ। जसले राष्ट्रको स्वाभिमानमा धोका दिएका छन्, उनीहरूलाई समग्र धर्म र राष्ट्रको हितमा दैवीक दण्ड दिइनेछ। यस्ता नेताहरूको असफलता दृष्टान्त बनेर इतिहासमा लेखिनेछ, र भविष्यका पुस्ताहरूले यसबाट शिक्षा लिनेछन्।

यस सन्देशको साथ, दैवीक शक्ति जनताको साथमा हुनेछ र अधर्मको समाप्ति हुनेछ। राजसंस्था र धर्मको पुनर्स्थापना: हाम्रो भविष्य यो लेखको सन्देश स्पष्ट छ—नेपालको राजसंस्थाले नै राष्ट्रलाई पुनः समृद्धि र धर्मको रक्षाका लागि नेतृत्व दिन सक्छ। राजा ज्ञानेन्द्रको पुनरागमन अनिवार्य छ। हामीलाई सम्झनु पर्ने छ कि धर्म र राष्ट्रको रक्षा केवल शाही परिवारको नेतृत्वमा सम्भव छ, जसले भविष्यका पीढीहरूलाई साँचो मार्गदर्शन दिन्छ। नेताहरूको असफलता, गणतन्त्रको असफलता, र जनताको धोका अब अन्त्य हुँदैछ।

राजा ज्ञानेन्द्रको नेतृत्वमा नेपाल धर्म, संस्कृति र राष्ट्रियता पुनः स्थापित हुनेछ। २०८२ को असार परिवर्तनले नेपालको स्वर्ण युगको शुरुवात हुनेछ।

विनय गौतम