
– गोकुल निरौला
प्रिय सन्ध्या,तिमी सन्चै छौ होला भन्ने विश्वासका साथ यी हरफहरू लेख्दैछु। यति बेला तिमी मेरो देशप्रतिको चिन्ता बुझ्ने एउटा माध्यम हौ । हुनत सन्ध्या भन्नाले सूर्यास्तको समय, अर्थात् दिन र रातको संधिकाललाई जनाउँछ। बिहानको सन्ध्यालाई प्रातःसन्ध्या र बेलुकाको सन्ध्यालाई सायं सन्ध्या भनिन्छ। यो पनि भन्ने गरिन्छ कि हिन्दू धर्ममा सन्ध्या विशेष पूजा वा ध्यानको समय हो, जुन प्रायः तीन पटक (प्रातः, मध्यान्ह र सायंकाल) गरिन्छ। यसलाई सन्ध्या वन्दन पनि भनिन्छ।
पृय तिमी मेरो लागि सब थोक हौ र तिमिलाइ सम्बोधन गर्दै लेख्दैछु । मानौं तिमी साँचै यो देशको मुटु हौ, जसमा मेरो आशा, पीडा र सपना सबै मिसिएका छन्।पृय तिमिलाई सम्झना छ त ? तिमिलाइ पानी परेको मन पर्दैन, बादल लागेको पनि त मन पर्दैन । धुम्म आकासमा तिमी बादल पारिको पुतलिझै हराउछौ जसरि मेरो देशको सरकार हराइ रहेछ । हेरन जता ततै झरि परिरहेछ । झरि संगै खडेरि, अनेक रोग, बेथा , अनेक थरिका फलफुल के केहुन के के सप्पेैका सप यसै मौसम्मा आउछन ।
यसै मौसममा मेरो पहाडमा फल्ने काफल, एसेलु, किरमडा, चुत्र के के हुन के के जंगलिफल पाकेर कोखाउ हुन्छ । तिम्रो र मेरो गाँउमा ती फलफुल खाने युवा छैनन् । मेरा दौतरि कोहि कालापाहाड तिर मजदुरि गर्दैछन कोहि खाडिमा पसिना संग जवानी साट्दै छन । कोहि युरोपका संगिन सहरमा बरालिदैछन र उतै हराउदै छन । पृय तिमी पनि खन्छौ र काफल ? हैट पाकेर पनि केगर्नु मन परेरै खान नपाए पछि( मेरो हजुर बाले भनेको उवखान ) जन्नेलाइ सालिग्राम नजान्ने गण्डकी गाडको (गाड अर्थात खोला ) ढुङ्गो भनेझै भको छ ।
हेरन पृय साल रितु मौसम फेरिए झै तिम्रो र मेरो देशमा सरकार फेरिएको छ। नयाँ गठबन्धन बनेको पनि लगभग एक वर्षजति भयो। हेरन सरकार हेलिकप्टर चढेर भन्दैछ देशले मुहार फेरिसक्यो । उजाड डाँडा पाखामा हरियालि छाइसक्यो भनेर । तिमिले कतै देखेउर देसले मुहार फेरेको । जनताले फेरि पनि आशाको फुल टिपे “शायद अब केही फेरिन्छ।” तर सन्ध्या, फेरिएको त केवल कुर्सी हो, प्रवृत्ति त ज्यूँका त्यूँ छ। जनताले टोलाउँदै हेरेका छन् । कहिले शिक्षा सुध्रिन्छ? तिमिले देखेकि छौ नि पृय आफ्नै माग राखेर हाम्रा गुरु एक महिना देखि आन्दोलनगरे गरेको ।
पृय के साच्चि हाम्रा गुरु हरुले निसुल्क सिक्षा,गुणस्तरीय शिक्षाको लागि आन्दोलन गरेका हुन त ? कि कहिले स्वास्थ्य जनमुखी हुन्छ भन्ने हो ? कहिले न्याय सस्तो र सहज बन्छ? हेर त पृय यी प्रस्नको उत्तर कस्ले दिन्छ । हेरन हाम्रो देशमा सिक्षक संगै नेपालना स्वास्थ्य क्षेत्रमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेवकहरूको संख्या र समस्या पनित उस्तै छ । नेपाल सरकारले सन् १९८८ (वि.सं. २०४५) देखि महिला स्वास्थ्य स्वयंसेवक (FCHV) कार्यक्रम सुरु गरेको हो। हाल देशभर करिब ५०,००० भन्दा बढी महिला स्वास्थ्य स्वोयंसेविकाहरू कार्यरत छन्।
यी स्वयंसेवकहरू स्थानीय समुदायमै बसोबास गर्ने महिलाहरू हुन्, जसले सामान्य स्वास्थ्य सेवा, परामर्श, र जनचेतना फैलाउने काम गर्छन्। पृय उनिहरुले गर्भवती महिला र सुत्केरी महिलाको स्वास्थ्य निगरानी गर्छन । नवजात शिशु र बालबालिकाको पोषण, खोप र उपचारको जानकारी दिनु,परिवार नियोजनका साधनको जानकारी र वितरण,घरदैलो कार्यक्रम, स्वास्थ्य शिक्षा, सरसफाइ अभियान, महामारी (जस्तै कोभिड-१९) मा जनचेतना र सहयोग उनिहरुको मुख्य काम होनि । स्वयंसेवकहरू प्रायः स्वेच्छिक रूपमा काम गर्छन्, दक्षिणा वा तलब हुँदैन वा अत्यन्त न्यून हुन्छ। पृय के उनिहरुले बाँच्नु पर्दैन ?
पृय सन्ध्या तिम्रो सरकार संग पहुच भए यो महिला स्वास्थ्य स्वयमसेबिकाको समस्या पनि सुनाइ देउ ल । सरकारलाइ यो पनि भनिदेउ ग्रामिण भेगमा स्वास्थ्यसेवा दिने महिला स्वास्थ्य सेविकाहरुका पनि बाल बचेरा छन भनेर । पृय तिमी उदाउदो सुर्य भएछौ म अस्ताउदो भैसकेछु । हिजो तिमिले सुनेकै हो तिम्रै कुटियाङजि लाई पुलिसले झ्याइकुटि पारेर लगाको । तिमिले थाहा पाएकै छौ रबि, छवि,मामा घर पठाएको ।
यो पनि सुनेकि हौलि बालेन लाई भष्ट्रचारको मुद्दा लगाएको । यो कुरा सुन्यौकि नाइ रबिन्द्र झ्यालखानामा आराम गरिरहेको अनि रेसमलाइ जालि आदेशकै भरमा झ्यालखाना पुरायको ? पृय यो देश नाङ्गो नाचमा मस्त रमाइ रहे छ । अझ यहाँ स्वास्थ्य, व्यापारमुखी शिक्षा र बढ्दो महँगी छ । डा. गोविन्द केसी फेरि अनसन बस्ने रे । शिक्षाको व्यापारिकरण, सरकारी अस्पतालमा चिकित्सकको कमी, औषधिमा कमिसन र निजी मेडिकलको मनपरीविरुद्ध उनको आह्वान थियो। धेरैजसो नेता उनका मागप्रति मौन बसे। अर्कातर्फ, सरकारी विद्यालयहरू अझै पठनपाठनभन्दा राजनीतिमा बढी सक्रिय देखिन्छन्।
शिक्षाको स्तर कहिले माथि उठ्छ भन्ने उत्तर सरकारसँग छैन।आफ्नो तलब सेवा सुविधाको लागि आन्दोलन गर्ने गुरुहरुले के आफ्ना बालबचेरा सरकारि विद्यालयमै पढाएका छन त ? र त सन्ध्या, आजको युवाले भन्छ “देश माया लाग्छ, तर भविष्य यता देखिन्न।” बेरोजगारीले हैरान, महँगीले थिचिएको र अवसर अभावले थलिएको युवाशक्ति काम खोज्दै विदेश लागिरहेको छ। सरकार भने भाषण लेख्नमै व्यस्त छ। पृय सडकको आवाज फेरि बुलन्द भयो ।
त्रिविमा शुल्क वृद्धिविरुद्ध विद्यार्थी आन्दोलन चर्कियो। लोकसेवा आयोगको परिक्षा प्रणालीमा पारदर्शिता माग गर्दै युवाहरू सडकमा उत्रिए। पत्रकार र मानवअधिकारकर्मीहरू प्रेस स्वतन्त्रता कमजोर बनाउने प्रयासविरुद्ध आक्रोशित भए। महिला र दलित अधिकारकर्मीहरू नीति निर्माणमा प्रभावकारी सहभागिता माग्दै अनेक आन्दोलनमा सामेल भए। तर सन्ध्या हेरन सरकारी कर्मचारीले पायोनपाय बोनस वितरण र पुरानो पेन्सन प्रणालीको सुनिश्चितताका लागि बहस चर्काए।
यी आन्दोलनहरू सानो देखिए पनि ती सरकारको आँखा खोल्ने शक्ति राख्थे तर दुर्भाग्य, यी आवाजहरू सत्ता भित्रको भित्तामा ठोक्किएर मारे । तर परिवर्तन त जनताले महसुस गर्न पर्छ, पढेर मात्र होइन। सन्ध्या, हामीले नीति पढ्यौं, घोषणापत्र पढ्यौं, समाचारमा सुन्यौं तर घरको भान्सामा केही सस्तो भएन। गाउँको स्कुलम