
प्रकाश तिवारी, वीरगंज । विश्वमा बढदै गएको दमका बिरामीहरूलाई लक्षित गर्दै नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आज एक कार्यकम सम्पन गरेको छ ।
मानिसमा दमका कारण हुने विभिन्न समस्या र त्यसबाट बाँच्ने उपायको बारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको अस्पतालका प्रेस सल्लाहकार आसिक अन्सारीले बताए । कार्यक्रममा दम रोग हुने कारण र त्यसबाट बाँच्ने उपायको बारेमा सान्दर्भिक जनचेतना मुलक विभिन्न पोस्टर ब्यानर प्रदर्शन गरिएको थियो ।
सो अवसरमा अस्पतालका डा. सुधाकर झा द्वारा निःशुल्क दम रोगका बिरामीहरूलाई चेकजाँच गरेका थिए । उक्त अवसरमा रगत चेकजाँचमा १५ प्रतिशत छुटको पनि व्यवस्था मिलाएको डा.झाले बताए । आज श्वास प्रश्वास प्रक्रियालाई नाप्नको लागी इन्हेलरको निःशुल्क वितरण गरिएको थियो ।
यसै अवसरमा दमका रोगीहरुका लागि निःशुल्क फलफूल वितरण गरिएको थियो । आफ्नो ब्यक्तिगत श्वास प्रश्वास प्रक्रियालाई मापनको लागि एउटा गेमिङको आयोजना गर्दै रोगको उपचार भन्दा रोग हुनु नदिनु तर्फ अग्रसर हुन कार्यक्रमको मुख्य उद्देश्य रहेको नेशनल मेडिकल कलेजमा शिक्षण अस्पताल वीरगञ्ज पर्सा प्रबन्ध निर्देशक शहनवाज अन्सारीले बताए ।
कार्यकममा सखुवा प्रसौनी गाउँपालिका वार्ड नं ५ देरबनाकी १ सय २ वर्षीय वृद्ध महलुदन खातुनको निःशुल्क चेकजाँच गरीएको थियो । कार्यक्रम चेरिट्सेवल सोसाइटीका नरसिंह समुहका विद्यार्थीको सहयोग तथा नेशनल मेडिकल कलेजमा शिक्षण अस्पतालको आयोजनामा सम्पन्न भएको हो ।