+

शौचालयमा लडेर माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ घाइते

२४ बैशाख २०८२, बुधबार ०३:०२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लडेर घाइते भएका छन् । गए राति खुमलटारस्थित आफ्नै घरको शौचालयमा लडेर घाइते भएका हुन् ।

घाइते भएका ‘प्रचण्ड’ टाउकोमा चोट लागेको छ ।  उनलाई उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको थियो। उपचार गरी उनी अस्पतालबाट डिस्चार्ज भइसकेको छ ।