+

गणेश थापालाई एन्फाको साधारण सभास्थलमा प्रवेश गर्न नदिएपछि विवाद

२६ बैशाख २०८२, शुक्रबार ०६:२१

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई एन्फाको साधारण सभास्थलमा प्रवेश गर्न नदिएपछि विवाद भएको छ ।

काभ्रेको धुलिखेलमा आज आयोजना गरिएको एन्फाको साधारणसभामा सहभागी हुन गएका थापालाई प्रवेशका लागि पास नभएको भन्दै गेटमै रोकिएको हो ।

थापालाई गेटमै रोकेपछि त्यहाँ तनाव भएको छ । थापाले अदालतको निर्णय एन्फाले मान्नुपर्ने बताएका छन् । फिफाले थापामाथि लगाएको प्रतिबन्ध अप्रिल १५ मा फुकुवा भएपछि उनी फुटबलका गतिविधिहरुमा सक्रिय हुन थालेका छन् ।