
काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविराम घोषणा भएको छ । भारतीय विदेश सचिव विक्रम मिश्रीका अनुसार आज बेलुका ५ बजेदेखि लागू हुनेगरी युद्धविराम घोषणा भएको हाे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भारत र पाकिस्तान तत्काल युद्धविराममा जान सहमत भएका हुन् । जम्मू–कश्मिरको पहलगाममा भएको आतङ्ककारी हमलापछि भारत र पाकिस्तानबीच तनावको स्थिति बनेको थियो । भारतले उक्त घटनाको जवाफस्वरुप पाकिस्तानका विभिन्न क्षेत्रहरुमा आक्रमण गरेको थियो । भारतीय विदेश सचिव विक्रम मिश्रीले पनि आज बेलुकी ५ बजेबाटै युद्धविराम लागू भएको बताइसकेका छन् ।