काठमाडौं । बाढीपछि अवरुद्ध बनेको बीपी राजमार्ग १६ घण्टापछि सञ्चालनमा आएको छ । सोमबारराती आएको बाढीका कारण अवरुद्ध भएको राजमार्ग आज दिउँसोदेखि सञ्चालनमा आएको हो ।
वर्षाका कारण बीपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध भएको थियो । बाढीले रोशी गाउँपालिका–१२, स्थित राजमार्गको मंगलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि सडक सञ्चालनमा ल्याउँन थप ढिलाई भएको थियो ।
गत वर्ष असोज १२ गतेको बाढीले राजमार्ग बगाउँदा सो स्थानमा अस्थायीरूपमा डाइभर्सन निर्माण गरिएको थियो ।


